| सोमवार, कार्तिक २३, २०८३

नेपाल निजामती कर्मचारी संगठन गोरखाको अध्यक्षमा बानियाँ

नेपाल निजामती कर्मचारी संगठन गोरखाको अध्यक्षमा रोशन बानियाँ चयन भएका छन् । नेपाल निजामती कर्मचारी संगठन गोरखाको शनिबार भएको बाह्रौ जिल्ला अधिवेशनबाट गोरखा अस्पतालमा कार्यरत बानियाँ अध्यक्ष चयन भएका हुन् ।

उनी गोरखा अस्पताल कर्मचारी संगठनको पूर्व अध्यक्ष र गोरखा जिल्लाको औषधी व्यवस्यासयको पूर्व सचिव समेत रही सकेको छन् ।

अधिवेशनबाट गोरखा अस्पतालको तर्पmबाट बानियाँको अध्यक्षमा १२ जना कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा तथ्यांक कार्यालयका लोकप्रसाद ढुङ्गाना, स्वास्थ्य कार्यालयका सुकमेल बराल, सचिवमा जिल्ला हुलाक कार्यालयबाट अनिल गुरुङ, उपसचिवमा स्वास्थ्य कार्यालयका महेन्द्र सुनार र कोषाध्यक्षमा तथ्यांक कार्यालयका प्रदिप नेपाल चयन भएका छन् ।

समितिको सदस्यहरुमा बुकोट स्वास्थ्य चौकीका नवराज श्रेष्ठ, जिल्ला हुलाक कार्यालयका नगेन्द्र आले, मालपोत कार्यालयका अशोक थापा मगर, मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयबाट शिवलाल थापा मगर, भीमसेन गाउँपालिकाबाट प्रशुन अधिकारी र स्वास्थ्य कार्यालयबाट पुरुषोत्तम गौली चयन भएका छन् ।

संस्थाबाट तीन जना केन्द्रीय प्रतिनिधिका लागि छनौट भएको छ लिलाधर अधिकारी, लक्ष्मी खनाल र गणेशभक्त त्रिपाठी चयन भएका छन् ।
त्यस्तै, निर्वाचन समितिको संयोजकमा भवानी सापकोटा चयन भएका छन् । समितिको सदस्यहरुमा विष्णु अधिकारी, निलकण्ठ अधिकारी, अशोक खनाल, विमला पुलामी र राममणि ढुङ्गाना चयन गरेको छ ।

संगठन गोरखाका निवर्तमान अध्यक्ष गणेशभक्त त्रिपाठीको अध्यक्षता तथा नेकपा एमाले गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सम्झना देवकोटा, एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ लगायत, कर्मचारी संगठनका कास्की जिल्ला अध्यक्ष अशोक खनालले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्