
मणिकामदेवी माविका विद्यार्थीलाई प्राविधि सम्बन्धी सिकाई
गोरखाको मणिकामदेवी मावि लाप्राकमा अध्ययनरत विद्यार्थी हरुलाई विज्ञान तथा सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिएको छ ।
गाउँपालिका, पुल्चोक इञ्जिनियरिङ कलेजका विद्यार्थीहरुको लोकस संस्थाको समन्वय तथा नासो र राष्ट्रिय वाणिज्य बैङको विशेष सहयोगमा पुल्चोक इन्जिनियरीङ क्यामपसमा अध्ययनरत विद्यार्थीहरुले सो विद्यालयमा अध्ययत विद्याथीलाई सूचना प्रविधिसम्बन्धी जानकारी गराएका हुन् ।
प्रविधिमा विद्यार्थी नामक कार्यक्रमअन्तरगत सो माविमा अध्ययनरत कक्षा आठ देखि १२ सम्मका ८० जना विद्यार्थीहरुलाई विज्ञान, प्रविधि सम्बन्धी एक दिने प्रशिक्षण दिइएको पुल्चोक इन्जिनियरीङ क्याम्पसका विद्यार्थी समिप पोखरेलले बताए ।
ग्रामीण क्षेत्रमा विद्यार्थीहरुलाई विश्वमा भइरहेको विकास र प्रविधिको बारेमा जानकारी दिन र नयाँ नयाँ प्रविधिप्रति आकर्षण बढाउन उक्त कार्यक्रम संचलान गरिएको उनले बताए ।
सो कार्यक्रममा विद्यार्थीहरुलाई प्रत्यक्षमा रुपमा टेलिस्कोप हेर्न र बुझन पाएको उनले जानकारी दिए । त्यस्तै, कम्युटरमा कोडिङ गर्ने, प्रोग्रामहरु बनाउने तरिका, विजुली बत्ती कसरी बल्छ भनेर प्रयोगात्मक रुपमै सिकाइएको पोखरेलले जानकारी दिए ।
क्याम्पसबाट हरेक वर्ष ग्रामीण क्षेत्रका एउटा विद्यालय सो कार्यक्रम संचालन गर्दै आइरहेको उनले बताए । कार्यक्रमकै अवसरमा विद्यालयलाई एउटा कम्युटर अन्य सामाग्री हस्तान्तरण गरेको उनले बताए ।
कार्यक्रममा क्याम्सबाट आएका सात जना विद्यार्थी, लोकस संस्थाका संयोजक आदर्श बोहोरा, गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।




