| सोमवार, कार्तिक २३, २०८३

लाप्राकमा सर्भेसुलभ बचत तथा ऋण सहकारी संस्थाको सम्पर्क कार्यालय स्थापना

धार्चे गाउँपालिका ४ लाप्राकमा सर्भे सर्वसुलभ बचत तथा ऋण सहकारी संस्थाको सम्पर्क कार्यालय स्थापना भएको छ । शुक्रबार एक कार्यक्रम गरी बीच वडा अध्यक्ष राज गुरुङले संस्था उद्घाटन गरेका हुन् ।
काठमाडौमा मुख्य कार्यालय रहेको सहकारीले स्थानीयहरुको लगानी सुरक्षित गर्न लाप्राकमा सम्पर्क कार्यालय स्थापना गरेको सहकारीका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा आर्थिक कारोबार धेरै मौखिकको भरमा हुने र धेरै मान्छेहरु यसमा फस्ने गरेकाले उनीहरुको सहजताका लागि लाप्राकमा सहकारीको सम्पर्क कार्यालय स्थापना गरेको गुरुङले बताए ।

त्यस्तै, लाप्राकमा सहकारी स्थापनाले स्थानीयलाई आर्थिक कारोबार गर्न सहज हुने वडा अध्यक्ष राज गुरुङले बताए । उनले भने, ‘गाउँका अधिकांशले मान्छे धेरै ब्याज आउने लोभमा असुरक्षित तरिकाले लगानी गर्छ तर अनि अन्तिम फस्छन् । कोही पैसा राख्ने ठाउँ नहुँदा घर माटो मुनि लगायतका विभिन्न ठाउँ राख्ने गरेको छ । यसलाई गर्दा कहिले पैसा बढी चोरी हुन्छ ।

त्यसैले स्थानीयहरुको पैसा सुरक्षित गर्न र आर्थिक कारोबार सबै सुरक्षित तरिकाले गर्न सहकारी स्थापना गरेको हो ।’ सहकारी स्थापना भएसँगै आर्थिक कारोबार गर्न धेरै सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्