| सोमवार, कार्तिक २३, २०८३

दरौँदी यातयातको अध्यक्षमा नारायण खत्री

गोरखाको दरौदी यातायातको सेवा कम्पनी प्रालिको अध्यक्षमा नारायण खत्री चयन भएका छन् ।

गोरखा सदरमुकाममा शुक्रबार भएको प्रालिको प्रथम अधिवेशनले खत्रीलाई अध्यक्षमा सर्वसम्म चयन गरेको हो ।

अधिवेशनले प्रालिको संचालक सदस्यहरुमा अञ्जनबाबु खत्री, शरण गुरुङ, अर्जुन भट्ट, राजु धमला, ज्ञानकाजी श्रेष्ठ, दिपक बोहोरा, शरद कट्टेल, गणेश बानियाँ, विकास घिमिरे र उज्वल मल्ललाई चयन गरेको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्