चिसोबाट बचौँ, बचाऔँ
दुई दिन लगातार हिमपात र तल्लो भेगमा झरी परेपछि गोरखा लगायत देशभर चिसो ह्वात्तै बढेको छ । यो अत्यधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखेनौँ भने विभिन्न रोग लाग्न सक्छ ।
जाडो मौसममा हृदयाघातको सम्भावना बढी हुन्छ ।
चिसो मौसमका कारण मुटुलाई रगत पु¥याउने नलीहरू खुम्चिन जान्छन् । जसले गर्दा मुटुको मांसपेशीमा रगतको मात्रा कम हुन्छ । कहिलेकाहीँ मुटुको मांसपेशी नष्ट हुन जान्छ र रगत पम्पमा बाधा उत्पन्न हुन्छ । जसले हृदयाघातको समस्या बढाउँछ । त्यसैले मुटुरोगीहरूले धेरै चिसोमा काम गर्नु हुँदैन ।
नियमित व्यायामलाई पनि दिउँसोको समयमा सार्नुपर्छ । सकेसम्म शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । देब्रे भागको छाती दुखेमा भने तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।
चिसो र सुक्खा हावाले श्वासनलीलाई पनि साँघुरो पार्ने काम गर्छ र मानिसको स्वासप्रश्वास प्रणालीमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा दमको समस्या बढ्न जान्छ ।
बच्न यसबाट बच्नका लागि घरलाई धुवाँ, धुलोमुक्त गराउने प्रयास गर्नुपर्छ । त्यस्तै, समय(समयमा ओछ्यान घाममा सुकाउने र सफा गर्ने गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा पनि धुलोबाट जोगिन आवश्यक हुन्छ ।
जाडो मौसममा धेरै मानिस जोर्र्नीको दुखाइबाट ग्रसित हुन्छन् ।
कतिपयलाई त दुखाइको कारण बेडरेस्ट नै गर्नुपर्ने अवस्था पनि सिर्जना हुन्छ । त्यस्तै चिसो मौसममा शरीरको रोगप्रतिरोधी क्षमता घट्न जान्छ र विभिन्न जीवाणुको संक्रमणले बिरामी पार्छ । चिसो मौसममा भाइरल संक्रमण हुन्छ ।
त्यसका साथै आराम गर्ने, चिसो खानेकुराको प्रयोग नगर्ने, नियमित व्यायाम गर्ने, शरीरलाई न्यानो राख्ने, तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्ने लगायतका गतिविधि गर्नुपर्छ ।




