
रेडक्रसमा लोकतान्त्रिक प्यानल बिजयी
रेडक्रसमान लोकतान्त्रिक प्यानल बिजयी
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको सभापतिमा यदुबिलास भट्टराई सर्वसम्बत चयन भएका छन् सभापतिमा उनको एकल उम्मेदवारी परेपछि उनी निबिरोध भएका हुन । अन्य पदाधिकारी एंव कार्यसमितिमा भने निर्वाचन भएको छ । विभिन्न दलमा आस्था राख्ने रेडक्रसकर्मीहरुले दुई प्यानल बनाएर निर्वाचनमा होमीएका थिए ।
जसमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी निकट लोकतान्त्रिक प्यानल बिजयी भएको छ । सभापति भट्टराईलाई पनि उक्त प्यानलले अधि सारेको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरु निकट रेडक्रसकर्मीहरुको प्यानल भने पराजित भएको छ । उपसभापति (खुल्ला) मा ६७ मतका साथ नन्दलाल बगाले निर्वाचित हुँदा ५६ मत ल्याएका भीमलाल श्रेष्ठ पराजित भउका छन् ।
महिला उपसभापति पुष्पा श्रेष्ठ बिजयी भएकी छिन् । श्रेष्ठले ७६ मत ल्याँदा कल्पना कुँवरले ५० भोट पाएकी छिन् । यसैगरी टोपबहादु बानियाँलाई पराजित गर्दै भिमसेनकाजी बानियाँ बिजयी भएका छन् । टोपबहादुरले ५० भोट ल्याउँदा भिमसेनकाजीको ७५ मत आएको छ । कोषाध्यक्षमा ७३ मतका साथ ज्ञानहरु अयाृल बिजयी भएका छन् ।
पराजीत भउका पृथबहादुर थापाको ५२ भोट आएको छ । त्यस्तै उपमन्त्रीमा ७६ मतका साथ नबराज उपाध्यक्ष बिजयी भएका छन् । पराजीत भएका रामहरी केसीको ४९ मत आएकोनिर्वाचन समितिले जनाउको छ । उपकोषाध्यक्षमा निधिप्रसाद तिमिल्सीना बिजयी भएका छन् । ७० मत ल्याएका तिमिल्सीनाले राधाराम कोइरालालाई पाराजित गरेका हुन ।
उनको ५५ मत आएकाो छ । यसैगरी महिला सदस्य तर्फ सुजाता गिरी (७ण्), फुलमायाँ गुरुङ (७४) र मिस्रीदेवी अधिकारी (६७) मतका साथ बिजयी भएका छन् । राधिका ढकाल, मिना श्रेष्ठ, तारादेवी बस्नेत भने पराजित भएको निर्वाचन समितिले जनाएको छ । उनीहरुको क्रमश ४६, ४५, र ४८ मत आएको छ ।
यसैगरी खुल्ला सदस्य तर्फ दिनेश खनखवास (६७), मदन पन्त (६६), चुणामणी न्यौपाने (६३), सनिल कुँवर (६९), नारायणप्रसाद बोहोरा (६४) र होमनाथ सापकोटा (६७) मतका साथ बिजयी भएका छन् ।
पराजित भएका मेघबिलास ढकाल (५३), मिनबहादुर थापा (३९), कुमार बानियाँ (५७), दिपक अधिकारी(५३), नारायण श्रेष्ठ(५२), होमराज मल्ल(५१), इश्वरी अधिकारी(५७), विष्णु प्रसाद मरहट्ट(४६) रहेका छन् । निर्वाचनमा एक सय २९ मत खसेको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार साँझ नै निर्वाचन अधिकृत एवं रेडक्रसका केन्द्रिय सदस्य प्रदिप घिमिरेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।
केही महिना अधि रेडक्रसको जिल्ला शाखा विघटन गरी तदर्थ समिति बनाइएको थियो । त्यस पछि उत्त समितिले नै अधिवेशन गराएको हो । अव भने नयाँ नेतृत्वआएको छ ।




