| सोमवार, कार्तिक २३, २०८३

बारपाक सुलिकोटमा प्राङगारिक मल सम्बन्धी तालिम

बारपाक सुलिकोट गाउँपालिकामा प्राङ्गारिक मल बनाउने सम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजना प्राङगारिक(कम्पोष्ट) मल तथा जैविक विषादी बनाउने सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको हो ।


तालिममा कम्पोष्ट मल र जैविक विषादी मल बनाउने तरिका र यसको महत्व सम्बन्धी प्रशिक्षण दिएको गाउँपालिका कृषि शाखा प्रमुख विनोद विश्वकर्माले बताए । रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिलाई नष्ट गर्ने भएकाले यसको न्यूनीकरण गर्दै प्राङगारिक मलमा जोड दिन कार्यक्रम संचालन गरिएको उनको भनाइ छ ।


प्राङगारिक मल घरवरिपरी पाइने झारपात, बनस्पतिबाट नै बनाउन सकिने, यो सस्तो, छिटो पनि हुने र माटोको उर्वराशक्ति समेत बढउने भएकाले गाउँपालिकाका कृषकहरुलाई तालिम दिएको उनले बताए । मंगलबार र बुधबार गरी द्ुई दिनको तालिममा कृषि शाखा प्रमुख विश्वकर्मा, प्रकाश आरसी, टपराज जोशी लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ लगायत गाउँपालिकाका कर्मचारीहरु स्थानीयहरुको सहभागिता रहेको थियो ।
तालिममा आठ वटा वटाका तीन÷तीन जना गरी २५जना कृषकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्