| सोमवार, कार्तिक २३, २०८३

मंगोल नेशनल अर्गनाइजेशनको स्थापना दिवस खेलकुद मैदानमा

मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को ३३ औँ स्थापना दिवस आउँदो शनिबार गोरखा बजारको हरमटारीस्थित खेलमैदानमा हुने भएको छ

। गोरखा, लम्जुङ र तनहूँ जिल्लाको संयुक्त कार्यक्रम पुस १७ गते शनिबार बिहान ११ बजे हरमटारी खेलकुद मैदानमा बिहान ११ बजे उद्घाटन गर्ने निश्चित भएको एमएनओका नवीन घलेले जानकारी दिए ।

यसअघि स्थापना दिवस मनाउने जिल्ला र मिति चयन भए पनि स्थानको टुंगो लाग्न सकेको थिएन । जिल्ला खेलकुद विकास समितिसँग छलफल गरी सोमबार मात्र कार्यक्रम गर्ने ठाउँ निश्चित गरिएको घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्