| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको उपाध्यक्ष पदमा गोरखाका पराजुली निर्वाचित


गोरखा आरुपोखरी स्थायी घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका राजेन्द्र पराजुली नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

हालै सम्पन्न नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको तेह्रौँ साधारण सभा तथा अधिवेशनबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सो कार्यक्रममा पराजुलीलाई सम्मान पनि गरिएको छ ।

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघमा आवद्ध रही विगत १८ बर्षदेखि उनी फेल्ट उद्योग क्षेत्रमा अनवरत रुपमा काम गर्दै उल्लेखनीय योगदान पु¥याएको भन्दै पराजुलीलाई उत्कृष्ठ आपूर्तिको सम्मानपत्र प्रदान गरिएको हो ।
पराजुली समाजसेवी तथा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्