| सोमवार, कार्तिक २३, २०८३

शक्ति माविमा स्व. प्रेमकुमार श्रेष्ठ स्मृति छात्रवृत्तिकोष स्थापना

गोरखा सदरमुकामको शक्ति माविमा स्वर्गीय प्रेमकुमार श्रेष्ठ स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ ।

सोमबार बिहान विद्यालयमा एक कार्यक्रमका बीच एकलाख पाँचहजार पाँचसय ५५ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको हो ।

प्रेमकुमार श्रेष्ठका छोरा सितलकाजी श्रेष्ठ, बुहारी लक्ष्मीकुमारी श्रेष्ठ तथा छोरी डाक्टर सञ्जिवनी श्रेष्ठले प्रधानाध्यापक बद्री अर्याललाई छात्रवृत्ति कोषका लागि सो रकमको चेक हस्तान्तरण गरेका छन् ।

सो छात्रवृत्ति कोषबाट प्राप्त व्याजबाट प्राप्त रकमले कक्षा आठमा अध्ययनरत एकजना जेहेन्दार छात्र र एकजना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने प्रअ अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्