
जेष्ठ नागरिकलाई न्यानोकपडा वितरण
गोरखा सदरमुकामका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
जेष्ठ नागरिक संघ गोरखाको आयोजनामा आइतबार सदरमुकाममा न्यानो कपडा वितरण गरिएको हो ।
प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका भित्रका विभिन्न वडाका १९ जनालाई न्यानो कपडा वितरण गरिएको संघको अध्यक्ष मोहनलाल श्रेष्ठले बताए ।
आर्थिक अवस्था कमजोर, असहाय जेष्ठ नागरिकहरलाई जाडो मौसम सुरुभएसँगै केही राहत होस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार करिब ४५ हजार बराबरको सिरक र टोपी वितरण गरिएको हो ।
संघका अध्यक्ष श्रेष्ठ र गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




