| सोमवार, कार्तिक २३, २०८३

उवासंघको सोह्रौँ अधिवेशन सुरु

गोरखा उद्योग वाणिज्य संघको ४६ औँ वार्षिक साधारण सभा तथा १६ औ अधिवेशन शनिबारदेखि सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एक समारोहका बीच संघको अधिवेशन तथा साधारणसभा उद्घाटन गरेका हुन् ।

संस्थाका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र सुरेन्द्रराज पाण्डे, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, गोरखा उद्योग वाणिज्य संघकाका पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठ, निर्वतमान अध्यक्ष श्रवणकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव कृष्ण नेपाली, नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, माओवादी केन्द्रका प्रदेश सदस्य ध्रुवकुमार भट्ट, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यससंगै शनिबार साधारण सभाको खुल्लासत्र सम्पन्न भएको छ । आइतबार बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम सञ्चालन हुने संघको सचिवालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष भगवतबाबु श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ठ व्यवसायीका रुपमा गोरखा नगरपालिका १२ स्थित गोरखा रेलिङ तथा ब्लक उद्योगकी संचालक सावित्रा गर्तौला र सहिदलखन गाउँपालिका ७ का मदन किराना पसलका संचालक मदन लम्साललाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

अध्यक्ष सहित ६ जना निर्बिरोध निर्वाचित

निर्वाचन कार्यक्रमअनुसार शनिबार अन्तिम नामावली प्रकाशन गरिएको छ । अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भगवान बाबु मास्के, उपाध्यक्ष अस्मक बाबु श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र विश्वकर्मा तथा बस्तुगत सदस्यमा पर्वबहादुर विश्वकर्मा र महिला सदस्यमा रीता रेग्मी अर्यालको एकल उम्मेद्वारी परेको छ । तोकिएको समयमा अरुको उम्मेद्वारी पनि नपरेको र दावी विरोध पनि नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।

संघको महासचिव पदका लागि रामहरि केसी र प्रकाशचन्द्र श्रेष्ठ, सचिव पदका लागि काजीराम श्रेष्ठ र चन्दनबाबु खत्री बीच प्रतिस्पर्धा हुने भएको छ । सात सदस्य पदका लागि १७ जनको उम्मेदवारी परेकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब सदस्य पदका लागि दीपककुमार श्रेष्ठ(अनु), शरण श्रेष्ठ, मनकाजी श्रेष्ठ, वसन्त बस्नेत, शिवध्वज खत्री, शंकरबहादुर कुँवर, कर्णबहादुर गुरुङ, अयोध्या जोशी, प्रेमध्वज थापा, सुरेन्द्र कुँवर र किरण ढकाल बीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

आइतबार विहान साढे नौ बजेबाट मतदान सुरु हुने निर्वाचन अधिकृत दवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्