| सोमवार, कार्तिक २३, २०८३

शहिदलखन गाउँपालिकाद्वारा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग

शहिद लखन गाउँपालिकाले मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले आश्रमको भवन निर्माण समितिका संयोजक इश्वरकाजी मास्के र आश्रम संचालिका मुना लामालाई संयुक्तरुपमा पाँचलाख ११ हजार एकसय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

गोनपा ८ नगरपालिकारोडमा निर्माण भइरहेको आश्रमको बाल शाखा भवन निर्माणका लागि शहीदलखन गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको आश्रमकी मुना लामाले बताइन् । गाउँपालिकाका अध्यक्ष थापाले भवन निर्माणमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताउदै आगामि दिनहरुमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । शहिदलखन गाउँपालिकाले यसअघि पनि विभिन्न चरणमा सहयोग गर्दै आएको छ ।

सोहि अवसरमा भवन निर्माणका लागि शहिद लखन गाउँपालिका वडा ९ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले पाँच हजार, वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठले १५ हजार रुपैया व्यक्तिगत रुपमा सहयोग गरेको लामाले जानकारी दिइन् ।

आश्रम भवन निर्माण कार्य ६० प्रतिशत सकिएको समितिको संयोजक इश्वर काजी मास्कले बताए । भवन निर्माणका लागि करिब ६ करोड लाग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेश सरकारबाट एक करोड र गोरखा नगरपालिकाबाट ४० लाख विनियोजना भएको उनले बताए । गोरखाका अन्य पालिकालाई पनि आर्थिक सहयोग गरिदिन आग्रह गरिएको मास्केले जानकारी दिए ।

नगद हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, प्रशासकीय अधिकृत जीवन आले, वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, ८ का काशीनाथ अंगाई र ९ का अध्यक्ष राम प्रसाद लामिछाने, लेखा अधिकृत सन्तोष लामिछाने लगायको उपस्थिति रहेको थियो ।
आश्रममा हाल ४४ जना बालबालिका सहित ५० जनाले आश्रय लिदै आएको छ ।

हाल व्यक्तिगत घर भाडा लिएका बस्दै आएको बताउदै आफ्नै भवन बनेपश्चात धेरे सहज हुने लामाले बताइन् । आश्रमको नयाँ भवन निर्माणको भइरहेको बताउदै हाल पाँचौ तलाको ढलानको तयारी भई रहेको संयोजक इश्वर काजी मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्