
जनता समाजवादी पार्टी भिमसेन ६ को अध्यक्षमा भट्ट
भिमसेन थापा गाउँपालिका वडा ६ मा जनता समाजवादी पार्टी नेपालको वडास्तरीय कमिटी गठन भएको छ । पार्टीको वडास्तरीय भेलाले खडानन्द भट्टको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा रमेश श्रेष्ठ, अज्मतुल्लाह मियाँ, बाबुराम खड्का, सचिबमा बिकास लामिछाने, सह(सचिवमा तिलक थापा, कोषाध्यक्षमा रेमकली छन्त्याल थापा मगर चयन भएका छन् ।
यस्तै, रुद्रप्रसाद पाण्डेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको जनाएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रोहित पाण्डे, गाउँपालिका सल्लाहकार ओम बहादुर श्रेष्ठ, भिमसेन काठमाडौं सम्पर्कका डेबिट श्रेष्ठ, वडा नं ५ वगुवाका अध्यक्ष जनककुमार श्रेष्ठ, युवा प्रदेश सदस्य विकास लामिछाने महिला सदस्य हिरा भट्ट, गाउँ सल्लाहकार रुद्रप्रसाद पाण्डे लगायतले मन्तब्य राखेका थिए ।




