
जन्मदिनको उपलक्ष्यमा शिक्षिकाद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग
गोरखा नगरपालिका वडा नं १३ देउरालीमा रहेको रामशाह आधारभुत विद्यालयमा अध्ययत बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । विहिबार एक कार्यत्रमका बीच विद्यालयका बालबालिकालाई सुइटर र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।
गोरखा नगरपालिका १४ देउरालीका कल्पना थापा देवकोटाले जन्मदिनको उपलक्ष्यमा उक्त सामग्री वितरण गरेका हुन् । उनका अनुसार विद्यालयमा अध्ययनरत २७ जनालाई स्वीइटर र ६५ जनालाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार बालबालिकालाई केही राहत पुगोस भन्ने हेतुले उक्त सामग्री वितरण गरिएको देवकोटाले बताइन् । १४ हजार बराबरको कपडा र स्टेशनरी सामग्री वितरण गरिएको उनले बताइन् । हाल सोही विद्यालयका शिक्षिका हुन् ।




