
उवासंघको अध्यक्षसहित छ पदमा एकेक जनाको मात्र उम्मेदवारी
गोरखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष लगायत छ वटा पदमा एकेक जनाको मात्र उम्मेद्वारी परेको छ । अधिवेशनको निर्वाचन कमिटीले निर्धारण गरेको कार्यतालिकाको अन्तिम समयसम्म छ पदमा एकेक जनाको मात्र उम्मेद्वारी परेको हो ।
निर्वाचन कमिटीका अनुसार संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, बस्तुगत सदस्य र महिला सदस्यको पदमा एकेक जनाको मात्र उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा कृष्णकुमार श्रेष्ठको एकल उम्मेदवारी परेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्ष पदमा राजेन्द्र विश्वकर्मा, वस्तुगत सदस्यमा पर्वबहादुर विक र महिला सदस्यमा रीता रेग्मी अर्यालको एकल उम्मेद्वारी परेको संघले जनाएको छ ।
त्यस्तै संघको महासचिवमा रामहरी केसी र प्रकाश चन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ । सचिव पदका लागि काजीराम श्रेष्ठ र चन्द्रबाबु खत्रीको उम्मेदवारी परेको छ । कार्यसमितिको सदस्यहरुमा १७ जनाको उम्मेद्वारी परेको छ । जसमा दीपककुमार श्रेष्ठ (अनु), शरण श्रेष्ठ, सुवास मल्ल, मानकाजी श्रेष्ठ, वसन्त बस्नेत, शिवध्वज खत्री, शंकरबहादुर कँुवर, कर्णबहादुर गुरुङ र अयोध्या जोशीको उम्मेदवारी परेको छ । त्यस्तै, प्रेमध्वज थापा, पुष्कल अर्याल, सुरेन्द्र कुँवर, सुमन कार्की, किरण ढकाल, राजिव अधिकारी, धुव्रकुमार श्रेष्ठ र संगमबाबु श्रेष्ठ सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
पुस १० र ११ गते गोरखा उद्योग बाणिज्य संघको अधिवेशन हुँदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री बाकृष्ण खाँडले गर्ने कार्यक्रम तय भएको छ ।




