
तमू ल्होसारमा बारपाकसुलिकोटले दियो सार्वजनिक विदा
बारपाक सुलिकोट गाउँपालिकाले तमू ल्होसार(नया वर्ष) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पुष १५ मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘बारपाक सुलिकोटमा गुरुङहरुको बाहुल्यता धेरै रहेकाले मिति २०७८÷९÷१५ गते एक दिन यस गाउँपालिका अन्तरगतका सबै वडा कार्यालयहरु, स्वास्थ्य चौकी÷स्वास्थ्य केन्द्र÷आयुर्वेदिक औषधालय, विद्यालयहरु, बैक तथा वितिय संस्थाहरु र पुशसेवा तथा कृषि सेवाका गाउँस्तरका र्ईकाइहरु समेत सार्वजनिक विदा हुने छ’ गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिृकत ईश्वर प्रसाद पनेरुद्धारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ ।





