| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारको फुटपाथ व्यवस्थापनमा नगरपालिकाको पहल कदमी

गोरखा बजारको फुटपाथ अस्तव्यस्त हुन नदिन नगर कार्यपालिका कार्यालयले पहल कदमी लिएको छ । नगरपालिकाले बुधबारदेखि बजार अनुगमन गरी अव्यवस्थित रुपमा राखिएका व्यापारिक सामग्री हटाउन सुरु गरेको हो ।

अहिले गोरखा बजारभित्र सरसफाइ गतिविधिले गति लिएको छ । क्लिन गोरखा नामक एक प्राइभेट कम्पनीले गोरखा नगरपालिकाको सहयोगमा बजार सरसफाइ गतिविधि गरेको हो । सदरमुकाम बजारभित्रको फोहर उठाउने तथा व्यवस्थापन गर्ने कामले चुस्तता पाएसंगै अब त्यस्तै बजार दुर्गन्धित गर्ने गरी प्रदुषित रहेको बजार क्षेत्रको नाला सरसफाइ अभियान पनि सुरु गर्ने जनाएको छ ।

बिगत लामो समयदेखि अव्यवस्थित रहेको फुटपाथ व्यवस्थित गर्ने कामले पनि गति लिएको छ । बुधबारको अनुगमनमा नगरपालिकाका कर्मचारीले फुटपाथमा राखिएका पसलका सामग्री उठाएको छ । बिसौनी मोडमा बाटो अवरुद्ध गरेर राखिएको एक बण्डल रड, घ्याम्पेशाल बसपार्क क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर राखिएको नौवटा छाता पनि बरामद गरेको छ ।

त्यस्तै अनुगमनका क्रममा मानव स्वास्थ्यमा हेलचेक्र्याइँ गरी बेच्न राखिएका अस्वस्थकर खानेकुरासहित अब्यवस्थित रुपमा प्रयोग गरिएको दुईवटा ठेला, चटपटे घर खाजा घर अनुमतिबिना निर्माण गरिएको सामग्री बराम, जुत्ता सिलाउन फुटपाथ अतिक्रमण गरेर बसेकाहरुको सामग्री जफत गरिएको थियो ।

कारवाहीमा परेकाहरुलाई पहिलो पटक भए एक हजार रुपैयाँजरिवाना गरेर सम्झाई बुझाई गरिनेछ भने दोस्रो पटक कारवाहीमा परेकालाई १० हजार रुपैयाँसम्म जरिवाना, तेस्रो पटक पर्नेलाई १५ हजार रुपैयाँ र सामग्री जफतसम्म हुन सक्ने नगरपालिकाले जनाएको छ ।
‘हाम्रो नगर, राम्रो नगर’ नाराका साथ नगरपालिकाले बजार व्यवस्थित अभियान सुरु गरेको हो । अब गोरखा बसपार्क क्षेत्रमा फुटपाथ हडपेर राखिएका व्यापारिक सामग्री पनि जफत गर्न सुरु गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्