
गोरखाका चार विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामग्री सहयोग
गुड नेवर्स इन्टरनेशनल नेपालले गोरखाका चारवटा विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामाग्री सहयोग गरेको छ । पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा धार्चे तीन र गोरखा नगरपालिकाका एक विद्यालयलाई बालकक्षा कोठा व्यवस्थापन सामाग्री उपलब्ध गराइएको हो ।
बुधबार एक कार्यक्रम बीच गुड नेवर्स इन्टरनेशनल नेपाल गोरखाको जिल्ला संयोजक मनकुमार राईले सम्बन्धित विद्यालयका
प्रधानाध्यपकलाई उक्त सामाग्री वितरण गरिएको पद्धति विकास सेवा केन्द्र गोरखाका शिक्षा विकास अधिकृत भुपेन्द्र पोखरेलले बताए । सामुदायिक विकास परियोजना अन्तर्गत बाल कक्षा कोठा व्यवस्थापन सामाग्री सहयोग गरिएको हो ।
धार्चे वडा ५ जनजागृति मावि, अमरनाथ आधारभुत विद्यालय, वडा न ७ का हिमालय आधारभुत विद्यालय र गोनपा ४ का बज्रभैरव आधारभुत विद्यालयमा सामाग्री वितरण गरिएको पोखरेलले बताए । गोलो टेवल, कुशन चकटी, पि फर्म, सेतोपाटी, शिक्षण सिकाई लगायतका सामाग्री विद्यालयलाई दिइएको छ ।
बाल विकास कक्षा कोठाको बालमैत्री ब्यवस्थापन शिक्षण सिकाई मा सहजिकरण गर्दै सिकाई क्षमता अविवृद्धि गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । उक्त परियोजनाबाट चारवटा विद्यालयमा अध्ययनरत एक सय २६ बालबालिका लाभान्वित हुने उनले बताए ।




