
गोरखा उवासंघको अधिवेशनका लागि महासचिव सहित अर्को प्यानल घोषणा
गोरखा उद्योग बाणिज्य संघको १६ औँ अधिवेशनमा कार्यसमितिका लागि अर्को प्यानल घोषणा भएको छ । बिहिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै महासचिव, कोषाध्यक्ष र सचिव पदसहित सदस्यमा उम्मेद्वारी घोषणा भएको हो ।
महासचिवमा रामहरी केसी, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सचिवमा काजिराम श्रेष्ठ रहेका छन् । सदस्यमा सात जना ब्यवशायीले यो प्यानबाट उम्मेदवारी दिने बताएका छन् । तर अहिले कर्ण गुरुङ, प्रेमध्वज थापा र शंकरबाबु कुँवरको नाम घोषणा भएको छ । अन्य चार जना सदस्य शुक्रबार मनोनयन दर्ता गराउँदासम्म छलफलबाट चयन भइसक्ने महासचिवका उम्मेदवार रामहरी केसीले बताए ।

उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष र अध्यक्ष पदमा भने यो समुहबाट उम्मेदवार नहुने र पहिले घोषणा भएकालाई नै समर्थन रहेको उनले बताए । ‘यो बिशुद्ध ब्यवशायीहरुको हक हितका लागि उम्मेद्वारी हो’ महासचिवमा उम्मेदवारी घोषणा गर्दै केसीले भने ‘हामी लामो समयदेखि ब्यवशाय गरेर बसेका ब्यवशायीहरु छौँ ।’
यसअघि घोषणा भएको प्यानलमा सबै ब्यवशायीलाई समेटेर लैजाने हो भने आफु सदस्य बस्न तयार रहेको बताएको तर ब्यवशायी भन्दा गैर ब्यवशायी हाबी भएकाले त्यहाँ नरहेको बताए । आफ्नो प्यानलले ब्यवशायीको हक हितका लागि काम गर्ने र उद्योग बाणिज्य संघको मर्म अनुसार नै अघि बढ्ने उनले बताए ।
अहिले रहेको कार्यसमितिमा आवद्ध अधिकासं सदस्यहरु सम्मिलित प्यानल घोषणा भएको भोलिपल्ट केही ब्यवशायीले अर्को प्यानल घोषणा गरेका हुन् । पुस १० र ११ गते गोरखा उद्योग बाणिज्य संघको अधिवेशन हुँदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री बाकृष्ण खाँडले गर्ने तय भएको छ ।




