| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण ब्यवशायी संघको अध्यक्षमा सुर्य भण्डारी (यी हुन अन्य ११ जना सदस्य)

निर्माण ब्यवशायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी चयन भएका छन् । अध्यक्षका प्रत्यासी होमबहादुर बानियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै भण्डारी बिजयी भएका हुन् । बुधवारराती अबेर सकिएको मत गणनामा भण्डारीले १३४ मत र बानियाँले ९८ मत पाए ।

भण्डारी र बानियाँ प्यानल नै बनाएर प्रतिप्रर्धामा थिए । भण्डारी माओवादी केन्द्र निकट ब्यवशायी हुन् । उनलाई एमाले र जनता समाजवादी पार्टी निकट ब्यवशायीको साथ रहेको थियो भने बानियाँ कांग्रेस निकट ब्यवशायी हुन् । यी दुबैले बनाएको प्यानल अनुसार सदस्यमा भने बिजयी भएका छैनन् । बानियाँको प्यानलबाट पनि केही सदस्यमा चयन भएका छन् ।
१० औँ अधिवेशनबाट यी ब्यवशायी सदस्यमा चयन भएका छन् ।

भोला प्रसाद मरहट्टा १३७,

राजुबाबु लामिछाने १३१,

किरणबाबु श्रेष्ठ १२६,

सबिन बस्नेत १२१,

देबराज गुरुङ्ग ११६,

सुरेन्द्र बस्नेत १११,

दिनेश तमु १०६,

बिनोद खनाल १०१,

दलमान गुरुङ्ग १००,

तारा ब खडका ९८,

दिपक थापा ९५


संघको पहिलो बैठकले बिजयी यी सदस्यहरुबाट पदाधिकारी चयन गर्नेछ । ११ सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्