
‘गोर्खाली रनिङ कपका लागि खेलाडीले अभ्यास गर्ने मैदान भएन’ : हरमटारी क्लव
फागुन ७ गतेदेखि सातौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गरेको हरमटारी क्लवले खेलाडीलाई अभ्यास गर्ने मैदान समस्या भएको बताएको छ ।
जिल्लामै सर्वाधिक राशी दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार राशीको प्रतियोगिता गर्न लागेको क्लवले मैदान तत्काल खाली गर्न भनेको हो । यस अघि पनि फागुन ७ गते प्रतियोगिता संचालन गर्दै आएको क्लवले मैदानमा महोत्सवको सामग्री यत्रतत्र हुँदा अभ्यास गर्ने बतावरण नभएको जनाएको छ ।
अहिले हरमटारी खेलमैदानमा चेम्बर अफ कमर्स गोरखाले मेला आयोजना गर्न तयारी गरिरहेको छ । मैदानमा मेला नगर्न एन्फा गोरखा सहितका खेल संम्बद्ध समितिहरुले दबाव दिएपछि स्थगित भएको छ । मेला स्थगित भएपनि त्यहाँ बन्दै गरेको स्टल, स्टेज, बाल उद्यानका सामग्री मैदानभरी हुँदा खेल अभ्यास गर्ने ठाउँ नभएको हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए । ‘मैदानमा खेलकुद हुनुपर्छ, यहाँ अभ्यास गर्ने ठाउँ हुनुपर्छ भन्ने हाम्रो भनाई हो’ उनले भने ‘त्यहाँबाट ति सामग्री तत्काल हटाएर हाम्रा खेलाडीलाई अभ्यास गर्ने ठाउँको ब्यवस्था गर्न संम्बन्धित निकाय सँग अनुरोध गर्दछ्’ उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हरमटारी क्लवले गर्न लागेको गोर्खाली रनिङ कप जिल्लाकै ठुलो प्रतियोगिता भएको बताए । साथै उनले उक्त प्रतियोगिता संचालन गर्ने मैदानमा भने मेला महोत्सव हुन नहुने बताउँदै भने ‘मैदान बनाउन लाखौँ खर्च गरिएको छ, त्यहाँ फेरी मेला गरेपछि मैदान बिग्रिएको छ ।’ मैदान संरक्षण भन्दा जिल्ला खेलकुद बिकास समितिले बिगार्ने काम गरेको उनले आरोप लगाए । मेलाको बिरोध नगरेको बताउँदै उनले खेल मैदानको बिकल्प खोज्न मात्रै अनुरोध गरिएको बताए । ‘मेला गर्नुपर्छ, ब्यापार ब्यवशाय चलाउनुपर्छ तर मैदान बाहेक संघ संस्थाहरुले बिकल्प खोज्नुप¥यो’ उनले भने ‘मैदानलाई ब्यवस्थित गरेर खेलकुद गतिविधी मात्रै गरौँ भनेका हौँ ।’
एन्फा गोरखाले हरमटारी क्लवलाई गोर्खाली रनिङ कप गर्न खेलकुद सामग्री र अन्य प्राविधिक सहयोग गर्ने बताए ।




