
उवासंघको अधिवेशन उद्घाटन गर्न शनिबार गृहमन्त्री गोरखा आउने
गृहमन्त्री बालकृष्ण खाँण पुस १० गते गोरखा आउने भएका छन् । उद्योग बाणिज्य संघ गोरखाको ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशनको उद्घाटन गर्न मन्त्री खाँण गोरखा आउने निश्चित भएको उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जीवनज्योति श्रेष्ठले बताए ।
गोरखा आएका बेला सुरक्षा निकायसँग भेटघाट, राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने सहितको कार्यक्रम तय भएको छ ।




