
आँबुखैरेनीमा फोटो सहितको मतदाता नामावली संकलन जारी
तनहुँको आँबुखैरेनी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य चलिरहेको छ । गाउँपालिकाको कार्यालयमा फोटोसहित नामावली दर्ता हुने भएपछि जिल्ला निर्वाचन कार्यालय दमौलीसम्म जानुपर्ने बाध्यता हटेको भन्दै फोटो खिचाउन जाने स्थानीयको भीड लागेको छ ।
आईतवार बिहानसम्म दुईसय ८२ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
मंसीर २९ गतेदेखि आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा मतदाता नामावली संकलन टोलीले काम गरिएको हो । निर्वाचन आयोगले देशभरका स्थानीय तहको केन्द्रमा जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन गर्ने निर्णय गरे अनुसार अहिले अधिकांस ठाउँमा यो कार्यक्रम चलिरहेको छ । पुस महिनाभित्र सबै पालिकामा नामावली संकलन हुने आयोगले जनाएको छ ।




