| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस केन्द्रीय सदस्यमा गोरखाका सुरेन्द्रराज पाण्डे बिजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् । गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङ घर भएका पाण्डे खुल्ला ३५ केन्द्रीय सदस्यभित्र २२ औँ स्थानमा पर्न सफल भएका हुन् ।

यस अघि पनि केन्द्रीय सदस्य रहेका उनले यसपटक २२०१ मत पाएर विजयी भएका हुन् । राष्ट्रिय सभामा दुईवर्ष प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका निर्वाह गरेका उनी शेरबहादुर देउवा निकट मानिन्छन् । सालिन नेताको रुपमा चिनिने पाण्डे कांग्रेसको १४ औँ महाधिवेशनमा आबास तथा खाना ब्यवस्थापनको संयोजकको जिम्मेवारी समेत पाएका थिए ।

केन्द्रीय समितिमा निर्वाचित गोरखाबाट उनी पहिलो हुन् । खुल्लातर्फ उम्मेद्वारी दिएका महासमिति सदस्य राजेन्द्र बजगाई र दीपकबाबु कँडेल भने केन्द्रीय समिति सदस्य हुनबाट बञ्चित भए ।

जनजातितर्फ चिनकाजी श्रेष्ठ, जनजाति महिलातर्फ मनकुमारी गुरुङ, अल्पसंख्यकबाट हरिबहादुर घले, खस आर्यतर्फ मोहनप्रकाश पोखरेल, मुस्लिम आरक्षण तर्फबाट अब्दुल सतारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनीहरुको मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्