| सोमवार, कार्तिक २३, २०८३

किसान गुरुङद्वारा पर्यटन पढ्ने विद्यार्थीलाई सहयोग

धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकका पर्यटन व्यवसायी किसान गुरुङले पर्यटन पढ्ने विद्यार्थीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् ।

स्थानीय मणिकामदेवी माविमा अध्ययनरत कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई जुत्ता लगायतका सामाग्री सहयोग गरेका हुन् ।
विद्यालयको कक्षा ११ मा पर्यटन विषयमा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई जुत्ता, मोजा, पोलिस लगायतका सामाग्री हस्तान्तरण गरेकोे गुरुङले बताए ।

जाडो मौसम सुरु भएसँगै विद्यालयको आग्रहमा ४० हजार रुपैया बराबरको सामाग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए । उनले वडा अध्यक्ष राज गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङलाई सयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सामग्री समन्वय गरिदिने तुल गुरुङ र तुलसिङ गुरुङलाई समेत धन्यवाद दिएका छन् ।

हिमालय समिट क्लवका म्यानेजिङ डिरेक्टर गुरुङ नेकपा एमाले जिल्ला कमिटीको सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्