| सोमवार, कार्तिक २३, २०८३

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता

ग्लोबल आइएमई बैंक लिमिटेड गोरखा शाखाले डिजिटल बैंकिङ्ग र बैंकिङ्ग साक्षरता बारे सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गोरखा क्याम्पस गोरखामा त्यहाँका विद्यार्थी, प्राध्यापक, कर्मचारी र केही स्थानीयको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

No description available.


डिजिटल कारोबारलाई बिस्तार गर्न, राष्ट्रबैंकको नीतिलाई कार्यान्वयनमा सघाउ पु¥याउन वित्तीय साक्षरता बारे जानकारी गराइएको बैंकका कर्मचारी समीर वाग्लेले बताए । पछिल्लो समय बैंकहरुले डिजिटल सेवा सुरु गरेका छन् ।

यसलाई सेवाग्राहीले कसरी प्रभावकारी ढंगले प्रयोग गर्ने भन्ने बारेमा बित्तिय साक्षरता कार्यक्रममा जानकारी गराईन्छ ।
बैंकले दिईरहेको सेवा सुविधा, मोवाईल बैंकिङ्ग, कसरी पेमेन्ट गर्ने, क्यासलेस कसरी कारोबार गर्ने भन्ने बारेमा पनि सहभागीलाई जानकारी गराइएको उनले बताए । हरेक नागरिकलाई बैंकिङ्ग पहुँचसम्म पु¥याउन ७६ जिल्लामा रहेका सबै शाखा कार्यालयबाट ग्लोबल आइएमई बैंकले साक्षरता कार्यक्रम संचालन गरेको जनाएको छ ।


डिजिटल बैंकिङ्ग सेवाको बिस्तार र प्रोत्साहनका लागि देशब्यापी बित्तीय साक्षरता अभियान संचालन भईरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्