| सोमवार, कार्तिक २३, २०८३

मनकामना केबलकार स्तरउन्नतीका लागि चार दिन बन्द हुने

मनकामना केबलकार मर्मतरसम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले लागि आइतबारदेखि बुधबारसम्म सेवा बन्द रहने बताए । उनले बिहीबारदेखि पुनः सेवा सूचारु हुने जानकारी दिए । भने, ‘अष्ट्रियाबाट मर्मतरसम्भारका लागि लागि प्राविधिक आउँदैछन् । उनीहरु आएपछि मेन्टेनेन्स सुरु हुन्छ ।’

उनले केबलकार मर्मत गर्ने समय दुई दिन भएपनि मर्मतपछि परिक्षण गर्न थप दुई दिन केबलकार सेवा बन्द रहने बताए । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

May be an image of text that says 'केबलकार सेवा बन्द हुने सूचना केबलकार स्तरोन्नतिको शिलशिलामा Doppelmayr, Austria को प्राविधिकको सुपरिवेक्षणमा Gear Box र Tower को मर्मत गर्ुपर्ने भए अनुसार केबलकार सेवा मर्मत संभारको लागि मिति २०७८ पौष 8 गते, आइतबार (19th Dec, 2021) देखि २०७८ पौष ७ गते, बुधबार (22nd Dec, 2021) सम्म बन्द रहने जानकारी गराउँदछौं| साथै केबलकार सेवा मिति २०७८ पौष τ गते, बिहिबार (23rd Dec, 2021) देखि पुनः संचालन हुने यसै सूचना मार्फत जानकारी गराउँदछौं यसबाट आदरणिय यात्रु तथा भक्तजनहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं। सो अवधि भर बटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा यथावत संचालन हुने व्यहोरा समेत जानकारी गराउँदछौं। MANAKAMANACABLE.CAR'
प्रतिक्रिया दिनुहोस्