| सोमवार, कार्तिक २३, २०८३

कालिका संस्कृति कला केन्द्रद्वारा न्यानो कपडा वितरण

गोरखा नगरपालिका वडा नं ३ डुम्रीडाँडामा रहेको रत्नलक्ष्मी माविमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

कालिका संस्कृति कला केन्द्रद्वारा सोमबार विद्यालयमा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । नेपालीहरुको महान चाड तिहारको अवसरमा खेलिएको देउसीभैलीबाट उठेको रकमले विद्यालयमा अध्ययनरत बालबालिकालाई कपडा वितरण गरिएको केन्द्रका संस्थापक अध्यक्ष विक्रम तामाङले बताए ।

No description available.

आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका बालबालिकाहरुलाई जाडो सिजनमा केही राहत होस भन्ने उद्देश्यले न्यानोकपडा वितरण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार विद्यालका एकदेखि कक्षा पाँचसम्म अध्ययनरत ८४ जना विद्यार्थी कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष तामाङ र केन्द्रका संरक्षक सन्दीप श्रेष्ठले सयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठीलाई कपडा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्