| सोमवार, कार्तिक २३, २०८३

माओवादी केन्द्रको गण्डकी प्रदेश समितिमा गोरखाका ४० जना चयन

केशव गुरुङ

नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन आइतबार राती अबेर सम्पन्न भएको हो ।
अधिवेशनले गायत्री गुरुङ (कुसुम) को अध्यक्षतामा दुई सय एक सदस्यीय कमिटी गठन गरेको माओवादी केन्द्र गोरखा जिल्ला पार्टी समन्वय समितिका संयोजक लेखबहादुर थापाले जानकारी दिए । २८ जना पछि थप गर्ने गरी अहिले दुई सय २९ सदस्यीय प्रदेश कमिटि रहने माओवादी केन्द्रले जनाएको छ । यस्तै प्रदेश कमिटिमा गोरखाका ४० जना सर्वसम्मत चयन भएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट दीपक श्रेष्ठ, प्रेमचन्द्र श्रेष्ठ, लोकप्रसाद बन्जरा चयन भएका छन् । धार्चे गाउँपालिकाबाट छमबहादु गुरुङ, लक्ष्मण गुरुङ समेटिएका छन् । चुमनुब्री गाउँपालिकाबाट निमा लामा एक जनामात्रै प्रदेश सदस्य भएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाबाट सनमाया गुरुङ, भगवती तिवारी, सुभद्रा खडका, धामी बरामसहित चारजना प्रदेश कमिटिमा समेटिएका छन् भने पालुङटारबाट भुवन सुनार, पम्फा बसेल, बन्दना पाण्डे, सुदीप नगरकोटी, धुव्र सिलवाल, कमला विक चयन भएका छन् ।

गोरखा नगरपालिका क्षेत्रबाट लेखबहादुर थापा मगर, धना गुरुङ, डिलबहादुर सेन्चुरी, राजकुमार कोइराला, शोभा थापा लामिछाने, ध्रुवकुमार भट्ट, कन्चन कुमाल, छमाया थापामगर गरी ८ जना चयन भएका छन् ।

शहीदलखन गाउँपालिकाबाट कृष्ण चेपाङ, रमेशकुमार श्रेष्ठ गरी दुई जना प्रदेश सदस्य भएका छन । अजिरकोटबाट दीपक देवकोटा, मुक्तिबहादुर विक, अनिता भुजेल चयन भएका छन् ।

गण्डकी गाउँपालिकाबाट दीपक तिमिल्सना, अकुर तिमिल्सिना, जीवन गुरुङ, राजकुमार सुनार, भगवती चेपाङ गण्डकी प्रदेश सदस्यमा चयन भएका छन् ।

सिरानचोक गाउँपालिकाबाट पूर्णकुमारी कँडेल, बासुदेव पोखरेल चयन भए भने आरुघाट गाउँपालिकाबाट ऋषिप्रसाद खनाल, जगन्नाथ खनाल, श्यामकुमार श्रेष्ठ, दिवश खड्का चयन भएको माओवादी केन्द्रका जिल्ला संयोजक लेखबहादुर थापाले बताए ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सल्हाकार सचिव गोरखाका बासुदेव रेग्मी चयन भएका छन् । उनी गण्डकी गाउँपालिकाका हुन् । सल्लाहकार समितिको सदस्यहरुमा पालुङटार नगरपालिकाका रामचन्द्र सेडाई, सानु लोहनी, सिरानचोकका एकबहादुर ढकाल, भीमसेनका गोपाल बराइली, र भगवती लामिछाने, धार्चेका मित्रबहादुर सुनार, गोनपाका याङ्कनाथ अर्याल, बाबुराम अर्याल, बारपाक सुलिकोटका जित बहादुर घले चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका नरनाथ मरहट्टा चयन भएका छन् । उनी सिरानचोक गाउँपालिकाका हुन् । सो समितिका सदस्यहरुमा गण्डकीका छविलाल जोशी, आरुघाटका दलसिङ गुरुङ, बारपाकसुलिकोटका कृष्ण अम्गाई, पानपाका रामभक्त पौडेल, गोनपाका पुष्पा कुमाल र गण्डकीका छविलाल पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्