| सोमवार, कार्तिक २३, २०८३

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखामा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ ।

गण्डकी गाउँपालिका वडा नं. २ ताङलीचोक साँधीखोलाका २८ वर्षीय टिकाराम थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घरनजिकै रहेको विद्युत मेन लाइनमा तारमा छुन पुग्दा थापाको मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए । ‘घ्याप्रिङ गाउँ स्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्न गएको रहेछ । डण्डी मिलाउदै गर्दा घर नजिकै रहेको विद्युतको मेन लाइनको तारमा छुन पुगी करेन्ट लागेर गम्भीर घाईते भएछ’ उनले भने ।

थापालाई तत्काल उद्धार गरी गोरखा अस्पताल ल्याएको थियो । तर अस्पताल सम्म ल्याउदा चिकित्सकले थापालाई मृत्य घोषण गरेको उनले जानकारी दिए ।
लाश पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्