
गोरखामा अनेरास्ववियुद्धारा जेब्राक्रस निर्माण
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गोरखाद्धारा जेब्राव्रmस निर्माण अभियान सुरु गरेको छ । गोरखा नगरपालिकाको महालक्ष्मी मावि जाने सडकमा आइतबार जेब्राक्रस निर्माण गरेर अभियान सुरु भएको हो ।
अभियानको पहिलो दिन लक्ष्मीबजारको दुई ठाउँ जेब्राव्रmस निर्माण गरिएको अनेरास्ववियु सचिवालय सदस्य प्रबिन श्रेष्ठले बताए । यस अघि निर्माण भएको जेब्राव्रmस मेटिएको र सो बाटो भएर क्याम्पसका विद्यार्थीहरु आवतजावत गर्न जोखिम हुने भएकाले जेब्राव्रmस निर्माण गरिएको उनले बताए ।

तीन दिन सम्म चल्ने अभियानमा द्रव्यशाह क्याम्पस जाने बाटो र गोरखा बजारको हरमटारी, बसपार्क लगायतको ठाउँमा जेब्राव्रmस निर्माण गरिने श्रेष्ठले जानकारी दिए । क्याम्पस कमिटीका सचिव उर्मिला गुरुङले कार्यक्रमलाई सहजीकरण गरेकी थिईन ।

महालक्ष्मी मावि क्याम्पस कमिटीका अध्यक्ष सेबक थापामगरको अध्यक्षता तथा अनेरास्ववियु सचिवालय सदस्य प्रविन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुडामणि काप्री, अनेरास्ववियुका जिल्ला कमिटी सदस्य कुशल कंडेल, युवा संघ नगरकमिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठ, क्याम्पसका विद्यार्थी अभियानमा सहभागि भएका थिए ।




