| सोमवार, कार्तिक २३, २०८३

मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाकाे १५ औँ बार्षिक साधारण सभा सम्पन्न

आँबुखैरेनी गाउँपालिका वडा ३ आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संहकारी आफ्नै भवनमा विभिन्न कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।

सहकारीले १५ औँ वार्षिक साधारण सभाको अवसरमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा पिछडिएको वर्गबाट ६ जनालाई छात्रवृत्ति उपलब्ध गराएका छन् । प्रतिविद्यार्थी २५ सयको दरले ६ जनालाई १५ हजार उपलब्ध गराएको सहकारीका प्रबन्धक नारायण तिमिल्सिनाले बताए । एउटा विद्यालयको एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको उनले जानकारी दिए ।

कक्षा ११÷१२ मा कृषि सम्बन्धी विषयमा पढाउन थालेबापत मित्रता माविलाई पनि सम्मान गरेका छन् । कृषिसम्बन्धी विषय अध्ययनले कृषि क्षेत्रमा योगदान पुग्ने भएको मित्रता माविलाई नगद रु १० हजारसहित सम्मान गरेको उनले जानकारी दिए ।

त्यस्तै, सहकारीका सदस्यका परिवारभित्रका एसईईमा उत्कृष्ट अंक प्राप्त गर्न सफल एक छात्रा र एक छात्रलाई नगद रु ३५÷३५ सयसहित प्रशंसा पत्रले सम्मान गरिएको सहकारीले जनाएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्लले सहकारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हरिभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई संस्थाका सचिव उपेन्द्र देवकोटाले सहजीकरण गरेका थिए ।

एकहजार तीनसय ३१ जना महिला र एक हजार दुईसय ९९ जना पुरुष सहित कुल दुईहजार छसय २१ जना सो सहकारीमा सेयर सदस्य रहेका छन् ।

सहकारीको चार करोड ३९ लाख ५६ हजार सातसय रुपैयाँ पुँजी र बचत रकम ४१ करोड ९७ लाख, ५० हजार तीन सय ७५ पैसा रहेको उनले जानकारी दिए । ३५ करोड १४ लाख ५० हजार छसय ऋण लगानी रहेको पनि उनले बताए । सहकारी आगामि चालु बर्षबाट सहकारीका सदस्यहरुले दैनिक उपभोग्य बस्तुहरु पनि सहकारीमार्पmत संचालन गर्ने तयारीमा रहेकोसमेत उनले जानकारी दिए ।

सहकारी अध्यक्ष भगवानदास मल्लको अध्यक्षता तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष वीरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिूय सहकारी वैँक दमौली शाखाका प्रवन्धक उपेन्द्र दाहाल, आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसी, रामशाह माविका अध्यक्ष सन्तबहादुर केसी, एकता बचत तथा ऋण सहकारीका अध्यक्ष बाबुराम देवकोटा, मित्रता माविका प्रधानाध्यापक सरिता अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्