
बिभिन्न गतिविधिसहित लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सकियो
बिभिन्न कार्यक्रमसहित गोरखामा लैङगिक हिंसाबिरुद्धको १६ दिने अभियान शुक्रवार सकिएको छ । अभियानको अन्तिम दिन शुक्रवार शक्ति माध्यमिक विद्यालयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको सामाजिक बिकास कार्यालयले जनाएको छ ।
विद्यार्थीहरुलाई लैङ्गिक हिंसा के हो ? न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सामाजिक बिकास कार्यालयका प्रमुख दीपेन्द्र परियारले विद्यार्थीलाई अभिमुखिकरण गराएका थिए । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीको उपस्थिति थियो ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मंसीर ९ गते सुरु भएको थियो । १० गते आरुघाट गाउँपालिका कार्यालयको आयोजनामा आरुघाटमा अन्तरक्रिया भयो । मंसीर १३ गते मस्र्याङ्दी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा गोनपा १३ मा, १७ गते अपाङ्गता भएका ब्यक्तिलाई सामाजिक बिकास कार्यालयमा सामग्री बितरण गरिएको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए ।
मंसीर १९ गते सिरानचोक गाउँपालिकामा लैङ्गिक हिंसा संम्बन्धी अन्तरक्रिया भएको थियो । यी बाहेक बिभिन्न स्थानीय तह र संघ संस्थाले पनि अभियान संचालन गरेका थिए । हिंसाको घटना बढ्दो रहेको, अझै पनि घटना बाहिर ल्याएकै कारण पिडित अन्यायमा परेकाले हिंसा नियन्त्रण गर्न, हिंसामा परेकालाई न्याय दिन सरोकारवालाले ध्यान दिनुपर्नेमा कार्यक्रहरुमा सबाल उठेको थियो ।




