
सिरानचोकमा एक हजार भन्दाबढिको निशुल्क आँखा जाँच, ३७ जनाको शल्यक्रिया
सिरानचोक गाउँपालिकाका एक हजार दुई सय छ जनाको निशुल्क आँखा जाँच गरिएको छ । मंसीर १४ गतेदेखि २३ गते सम्म भएको शिविरमा १८ जना महिला र १९ जना पुरुष गरी ३७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
लायन्स क्लव अफ गोरखा, सिरानचोक गाउँपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ गोरखा, आई केयर फाउण्डेसन र हिमालय आँखा अस्पताल पोखराको सहयोगमा भएको शिविरमा सर्वसाधारणले निशुल्क सेवा लिएका हुन् ।
वडा न १ मा १०४ जना वडा नं २ मा ११९, वडा न ३ मा २२६, वडा नं ४ मा १२० जना, वडा न ५ मा १२६ जना, वडा न ६ मा १८२, वडा न ७ मा १२१ जना, वडा न ८ मा २०८ जनाले सेवा लिएका थिए ।




