
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालको संविधान र मौलिक हक
यदुप्रसाद अधिकारी :
मानव अधिकार : मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव जातिले सम्मानपूर्वक बाँच्न पाउने अधिकार नै मानव अधिकार हो । मानव अधिकारको पृष्ठभूमि खोज्दै जादा हामी म्याग्नार्काटासम्म पुग्नुपर्ने हुन्छ ।
बेलायतका राजाले जनताहरुलाई बढी कर लगाएर त्यसको विरुद्धमा आन्दोलन भएको थियो । राजाले सन १२१५ मा जनतासित मिलेर कर मिलानको सम्झौता गरेका थिए । सन १६८९ मा अधिकार पत्रका लागि बेलायतमा रक्तपात विहीन क्रान्ति भएको थियो । राजा र सांसद पक्षबीचमा लडाँइ भएको थियो ।
यो अधिकार पत्रको लडाँईमा सांसद पक्ष विजय भएको थियो । अमेरिकी स्वतन्त्रताको घोषणामा सन १७७६ जुलाई ४ मा भएको थियो । यो घोषणापछि अमेरिकाका १३ ओटा राज्यहरु ब्रिटिूश उपनिवेशबाट स्वतन्त्र भएका थिए । फ्रान्सेली क्रान्ति सन १७८९ मा राजाका विरुद्धमा सबै नागरिक समान हौ भनेर आन्दोलन भएको थियो ।
यो आन्दोलन मानिस र नागरिक अधिकारको नामले चिनिन्छ । अमेरिकी स्वतन्त्रताको घोषणा १९९३ लाई पनि जोड दिएको पाइन्छ । दास व्यापार माथि प्रतिबन्ध, मानवीय कानून उदभव् यो जेनेभामा सन १९२६ सेक्टेम्बर २५ मा हस्ताक्षर भई १९२७ मार्च ९ मा लागू भएको थियो । यसपछि अन्तर्राष्टिूय रेडक्रसको स्थापना भएको थियो ।
लिग अफ नेशन १९१४ देखि १९१८ यसलाई पेरिस सम्झौता भनिन्छ । पहिलो विश्वयुद्धको अन्त्यमा मानव अधिकारको लागि जोड दिइएको थियो । संयुक्त राष्टू संघको स्थापना दोश्रो विश्वयुद्ध १९३९ देखि १९४४ को अन्त्यपछि १९४५ मा स्थापना भएको थियो । मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जाहेर गर्न प्रथम र द्वितीय विश्वयुद्धपछि संयुक्त राष्टू संघ ९ग्ल्इ० ले विशेष भूमिका खेलेको थियो । त्यसपछि संयुक्त राष्टू संघले १९४८, १० डिसेम्बरमा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको थियो । यसलाई मानव अधिकारको अन्तर्राष्टिूय अधिकार पत्र पनि भनिन्छ ।
घोषणा भएको १८ वर्षपछि संयुक्त राष्टू संघले दुई वटा प्रतिज्ञा पत्र पनि जारी गरेको थियो । मानव अधिकारका धाराहरु ः१ देखि ३० सम्म छन् । १ देखि २१ सम्म नागरिक र राजनैतिक अधिकारहरु छन् भने २२ देखि २९ सम्म सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारमा जोड दिएको छ । ३० औं धारामा यी कुनै पनि अधिकार स्वतन्त्रता हनन गर्न कुनै पनि व्यक्ति र राष्टूलाई छैन भनिएको छ । ती अधिकारहरु बढी मानव अधिकारसँग सम्बन्धित छन् ।
मानव अधिकार भनेको ती अधिकारहरु हुन् हरेक व्यक्तिले उपभोग गर्ने र त्यस्ता अधिकारहरु सदासर्वदा संरक्षित गरिनु पर्दछ । ती अधिकारहरु मौलिक हक, स्वतन्त्रता हुन् जुन अन्तर्राष्टिूय कानूनको रुपमा समावेश गरिएका छन् अर्थात् मानिसहरुको नैसगिक अधिकार नै मानव अधिकार हो भन्न सकिन्छ । त्यस्ता अधिकारहरुमा महिलाहरुको अधिकार, बाल अधिकार, आदिवासीको अधिकार, सीमान्तकृतको अधिकार, भाषिक अधिकार आदि २०० भन्दा वढी प्रस्ताव सयुक्त राष्टू संघले अगाडि सारेको थियो । नेपालले पनि प्रस्तावमा समर्थन गरी हस्ताक्षर गरेको छ ।
यी अधिकारलाई १९९१ मे १४ मा प्रतिबद्धता जाहेर गरेको छ । सन्धि ऐन २०४७ मा हस्ताक्षर गरेको हुनाले नेपालको घरेलु कानून सरह मानिएको छ । यी अधिकारलाई कानूनी अधिकारको रुपमा लिइन्छ । ९ वटा महासन्धि मध्ये ७ वटालाई नेपालले हस्ताक्षर गरेर घरेलु कानून सरह मानेको छ ।
(स्रोत / मानव अधिकार, लोकतन्त्र शान्ति र अहिंसाको आधार, २०६५)
संयुक्त राष्ट्र संघको स्थापना सन् १९४५ अक्टोवर २४ मा भएको हो । नेपालले सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्टू संघको सदस्यता प्राप्त गरेको हो । हाल यसमा १९६ राष्टूहरु सदस्य छन् । मानव अधिकारको विश्वव्यापी घोषणा पत्र सन् २०४८ डिसेम्वर १० मा पारित भएका अधिकारहरु (हक) निम्न छन् । ती अधिकारहरुलाई इमुनो रुजबेल्टले मस्यौदा गरेका थिए ।
१) स्वतन्त्रताको हक (अधिकार)
२) समानताको हक (अधिकार)
३) जीवन सुरक्षा र वैयक्तिक स्वतन्त्रताको हक (अधिकार)
४)दासत्वबाट मुक्तिको हक (अधिकार)
५) यातना तथा अपमानजनक व्यवहारबाट मुक्ति हक (अधिकार)
६) कानूनको दृष्टिमा व्यक्तिको पहिचानको हक (अधिकार)
७) कानूनको अगाडि समानताको हक (अधिकार)
८)सक्षम योग्य अदालती उपचार हक (अधिकार)
९) मनोमानी गिरफ्तारी तथा देश निकालाबाट मुक्ति हक (अधिकार)
१०)फौजदारी आरोपको विरुद्ध सुनुवाइ हक (अधिकार)
११)अपराध प्रमाणित नभएसम्म निर्दोष हक (अधिकार)
१२)घर, परिवार र पत्राचारमा गोपनियता हक (अधिकार)
१३)बसाइँसराइँ तथा बसोबास हक (अधिकार)
१४)राजनीतिक शरणको हक (अधिकार)
१५)राष्टिूय र त्यसलाई परिवर्तन गर्न पाउने हक (अधिकार)
१६)विवाह र परिवार बसाल्न पाउने हक (अधिकार)
१७)सम्पत्तिको हक (अधिकार)
१८)विश्वास र धार्मिक स्वतन्त्रता हक (अधिकार)
१९)विचार र अभिव्यक्तिको स्वतन्त्रता हक (अधिकार)
२०)शान्तिपूर्ण भेला र संगठनमा सामेल हुन पाउने हक (अधिकार)
२१)सरकार र स्वतन्त्र चुनावमा भाग लिन पाउने हक (अधिकार)
२२)सामाजिक सुरक्षा हक (अधिकार)
२३)रोजगारी समान ज्याला र श्रम संगठन बनाउन पाउने हक (अधिकार)
२४)कामको समय र तलबी विदाको हक (अधिकार)
२५)जीवन स्तरको हक (अधिकार)
२६)शिक्षा प्राप्तिको हक (अधिकार)
२७)संस्कृति जीवन, कलाको आनन्द तथा वैज्ञानिक उपलब्धिको उपयोगको हक (अधिकार)
२८)सामाजिक र अन्तराष्र्टिय व्यवस्थाको हक (अधिकार)
२९)अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने हक (अधिकार)
३०)घोषणा पत्रको अपव्याख्या गर्न नपाइने हक (अधिकार) ।
मनिसको जीवन, स्वतन्त्रता, मर्यादासँग सम्बन्धित संविधान तथा प्रचलित नोपल कानून एंव नेपाल पक्ष भएका अन्तर्राष्टिूय मान अधिकार सम्वन्धी सन्धिहरुले गरेका व्यवस्थाहरुमा निहित हक अधिकार नै मानव अधिकार हो । यो हक अधिकार विश्वव्यापाी र सर्व स्वीकार्य हुन्छ ।
नेपालको संविधान र मौलिक हक
संविधान देशको मूल कानून हो ।
नेपालको संवैधानिक इतिहास खोज्दै जाँदा हामी २००४ सालमा पुग्नु पर्ने हुन्छ । मानव अधिकारको घोषणा पत्र जारी हुनुभन्दा १ वर्ष पहिले घोषणा भएको यो संविधानलाई वैधानिक कानून २००४ भनिन्छ । यसमा दुई सदनको व्यवस्था थियो । राणा शासनको विरोध गर्न नपाइने व्यवस्था थियो । १० वटा मौलिक हक राखिएका थिए । पुरुषलाई मात्र भोट हाल्ने अधिकार थियो । यसमा भाग ६ धारा ६८ अनुसूची १ थियो । २००७ सालमा प्रजातन्त्र आएपछि अन्तररिम शासन विधान २००७ चैत्र १७ गते घोषणा गरियो । यस संविधानमा भाग ७ परिच्छेद ४ धारा ७४, अनुसूची १ थियो । मौलिक हक ७ वटा थिए ।
विदेशी राष्टू र राजसंस्थाकोे बारेमा बोल्न नपाउने व्यवस्था गरिएको थियो । नेपाल अधिराज्यको अधिकार २०१५, यो बहुदलीय संविधान हो । यसको मस्यौदा सरआइभर जेनिङले गरेका थिए । यसमा १० भाग, ७७ धारा, अनुसूची ३, मौलिक हक ७ र धर्म निरपेक्षता घोषणा गरिएको थियो । नेपालको संविधान २०१९, यो निर्दलीय संविधान हो । यसमा राजनैतिक दललाई बन्देज लगाएको थियो । २० भाग, ९७ धारा, अनुसूची ६, मौलिक हक ९ को व्यवस्था थियो । नेपालको संविधान २०४७, यो बहुदलीय संविधान हो । यसमा २३ भाग, १३३ धारा, ३ अनुसूची, मौलिक हक १३ वटा व्यवस्था थियो । अन्तरिम संविधान २०६३, दोश्रो जनआन्दोलन पछि द्वन्द्वलाई समान गर्ने उद्देश्यले घोषणा गरिएको यस संविधानमा २५ भाग, १६७ धारा, अनुसूची ४ थियो ।
यस संविधानमा २१ वटा मौलिक हकहरु राखिएका थिए । संविधान सभापछि नेपालको संविधान २०७२ असोज ३ गते आइतबार घोषणा गरिएको थियो । यस संविधानमा ३५ भाग, ३०८ धारा, ९ अनुसूची छन् । अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको बारेमा उल्लेख गरिएको छ । भाग १ मा प्रारम्भिक, २ मा नागरिकता र ३ मा मौलिक हक र कतव्र्यको बारेमा उल्लेख गरिएको छ । धारा १६ देखि ४८ सम्म मौलिक हकको बारेमा चर्चा गरिएको । यो संविधानले मानव अधिकधारसंँग सम्वन्धित अधिकारहरु उल्लेख गरिएको छ । कतिपय मौलिक हकहरु कर्यान्वयनमा आउने सकेका छैनन् । ती मौलिक हकहरु निम्न छन् ।
मानव जीवन सर्वाधिक महत्वपूर्ण हुन्छ । सबैले गौरवको अनुभूति गर्न सक्नु पर्दछ । यो अधिकार नैंसगिक, अहरणीय र सर्वव्यापी छ । यसलाई कुनै राष्टले हटाउने र अपव्याख्या गर्न पाउने छैन । युद्धको समयमा सुरक्षितसँग बाच्न पाउनु नै मानव अधिकार हो भने अरु समयमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था हुनु नै मानव अधिकार हो भनेर बु्झ्नु पर्दछ । सरकारले अन्तर्राष्टिूय रुपमा हस्ताक्षर गरे अनुसार आफ्नो संविधानमा नागरिकहरुलाई मौलिक हकको व्यवस्था गरेर घरेलु काम सरह मान्यता दिनुपर्दछ ।




