| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनीमा २७ देखि २९ गतेसम्म सबै स्वास्थ्य चौकीमा कोरोनाको खोप लगाईने

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंसीर २७ देखि २९ गतेसम्म सबै स्वास्थ्यचौकीमा कोरोनाबिरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै मंसीर महिनामा पहिलो मात्रा भेरोसिल खोप लगाएका र पहिलो मात्र लगाएको २१ दिन पुगेकालाई दोस्रो मात्रा लगाइने जनाएको हो ।


१८ वर्ष उमेर माथिका खोपको कुनै मात्रा पनि नलगाएकालाई पनि खोप केन्द्रमा सम्पर्क गर्न प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले बताए । उनीहरुलाई पहिलो मात्रा खोप दिईनेछ । यो अभियान संचालनसँगै पालिकाभित्रका १८ वर्ष उमेर पुगेका सबैलाई खोप लगाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए ।


वडा नम्बर १ को सत्रसय आधारभुत स्वास्थ्य केन्द्र, वडा नम्बर २ को तिलबारी आधारभुत स्वास्थ्य केन्द्र, ३ को आँबुखैरेनी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को आमडाँडा शहरी स्वास्थ्य केन्द, प्रदेश स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र बेनिटार, भाँगे आधारभुत स्वास्थ्य केन्द्र गरी चार ठाउँमा खोप कार्यक्रम संचालन हुनेछ ।

वडा नम्बर ५ को छिम्केश्वरी स्वास्थ्य चौकी, ६ को देउराली स्वास्थ्य चौकी र प्युघर शहरी स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम संचालन हुने प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्