गोरखामा ९५ हजारले कोरोना खोप लगाए
केशब गुरुङ :
गोरखामा ९५ हजार तीन सय ४९ जनाले कोरोना विरुद्धको पूर्णखोप लगाएका छन् । १८ वर्षभन्दा माथि एकलाख ५९ हजार दुईसय ३८ जनालाई खोप लगउने लक्ष्य लिएकोमा हालसम्म ९५ हजारलाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
११ स्थानीय तहमध्ये गोरखा नगरपालिका भने सतप्रतिशतलाई पहिलो मात्रा कोरोना खोप लगाइएको छ । १८ हजारचार सय ८३ जनाले पूर्णरुपमा कोरोनाको खोप लगाएका छन् । यीमध्ये पहिलो डोज लगानी बाँकी कोही पनि छैन तर दोस्रो डोजको खोप भने १५ हजार तीनसय पाँच जनालाई लगाउन बाँकी रहेको कार्यालय कोरोना खोप फोकलपर्सन राजिब गुप्ताले बताए ।
धार्चे गाउँपालिकामा सात हजार पाँच सय ४६ जनाले पूर्णखोप लगाएका छन भने अब २६ जनालाई पहिलो र दुई ७४ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी रहेको उनले बताए ।
अजिरकोट गाउँपालिकाका सात हजार पाँच सय ३९ जनाले पूर्णखोप लगाएका छन् । एक हजार २० जनालाई पहिलो र पाँचसय ६५ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ ।
शहिदलखन गाउँपालिकाका नौ हजार छ सय २२ जनाले पूर्णरुपमा खोप लगाएका छन् । अब एकहजार एकसय नौ जनालाई पहिलो र पाँच हजार दुई सय ५९ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
पालुङटार नगरपालिकाका १३ हजार एक सय ७० जनाल कोरोना विरुद्धको खोप लगाएका छन भने छ सय १४ जनालाई पहिलो र आठ हजार चार सय ८२ जनालाई दोस्रो डोज खोप लगाउन बाँकी छ ।
बारपाक सुलिकोटमा सात हजार सात सय जनाले पूर्णरुपमा खोप लगाएका छन भने दुई हजार चार सय ३३ जनालाई पहिलो र चार हजार चार सय १६ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
गण्डकी गाउँपालिकामा छ हजार आठ सय ५८ जनालाई पूर्णखोप लगाइएको छ । एक हजार सात सय ६० जनालाई पहिलो र चार हजार आठ सय ३५ जनालाई दोस्रो डोज लगाउन बाँकी रहेको कार्यालयका गुप्ताले जानकारी दिए ।
भिमसेन थापा गाउँपालिकामा छ हजार नौ सय ८४ जनालाई पूर्णखोप लगाइएको छ । एक हजार छसय १३ जनालाई पहिलो र चार हजार ७७ जनालाई दोस्रो डोज खोप लगाउन बाँकी छ ।
सिरानचोक गाउँपालिकामा छ हजार आठ सय १६ जनाले पूर्णखोप लगाएका छन । एक हजार दुई सय ३२ जनालाई पहिलो र पाँच हजार छ सय ४७ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ ।
आरुघाट गाउँपालिकाका सात हजार एक सय ९६ जनाले पूर्णखोप लगाएका छन् । एक हजार तीन सय २२ जनालाई पहिलो र पाँच हजार तीन सय ८३ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी रहेको गुप्ताले जानकारी दिए ।
चुमनुब्री गाउँपालिकामा तीन हजार चार सय ३५ जनाले पूर्णखोप लगाएका छन् । आठ सय छ जनालाई पहिलो र पाँच सय ६३ जनालाई दोस्रो डोजको खोप लगाउन बाँकी छ ।
दुई लाख ४४ हजार छ सय ६४ जनालाई खोप लगाउनुपर्ने मध्ये गोरखामा १८ वर्ष भन्दा माथि एक लाख ५९ हजार दुई सय ३८ जना र १८ वर्ष भन्दा मुनिका ८४ हजार चार सय ३० जना छन् । १८ वर्ष मुनिकालाई खोप लगाउने कार्यक्रम भने सुरु भएको छैन ।




