| बिहिबार, असार १०, २०८३

५० करोड लगानीमा बनेको गोरखा गार्डेन होटल संचालनमा(फोटो फिचर)

५० करोड लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ । होटल संचालक समितिले बिहिवार पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए ।

यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो । गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल तयार गरेको प्रालीका अध्यक्ष ऋषिराम पौडेलले बताए । ‘थ्रि स्टार को अनुमती पर्यटन मन्त्रालयबाट लिनुपर्छ त्यो लिन भने बाँकी छ’ उनले भने ।

No description available.
No description available.

भरतपुर गार्डेन होटलको ६० प्रतिशत, गोरखा चितवनका अन्य केही ब्यवशायीको गरी ४० प्रतिशत लगानीमा होटल तयार भएको छ अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए । होटलमा ८२ जना लगानीकर्ता छन् । औपचारीक उद्घाटनको कार्यक्रम बाँकी रहेको तर सेवा भने सुरु भएको होटलले जनाएको छ । होटलले गोरखामै उत्पादन भएको अर्गानिक खेतीलाई प्राथमिकता दिने संचालक समितिले जनाएको छ ।

No description available.

भरतपुरमा सफल भएका गार्डेन रिसोर्टका ब्यवशायीले गोरखामा होटल संचालन गर्ने योजना २०७२ सालदेखि बनाएका थिए । धार्मीक र ऐतिहासिक रुपमा प्रख्यात गोरखामा होटल बनाउँदा यहाँ आउने पर्यटकलाई सहज हुने उनले बताए । ‘विश्व इतिहासमा गोरखा चर्चित छ’ संचालक समितिका उपाध्यक्ष बद्रीबहादुर मास्केले भने ‘हामीले यहाँ राम्रो होटल बनाउनु अनुरोध ग¥यौँ, गोरखाका लागि पनि आवश्यकता महशुस गरेर सुरु गरेका हौँ ।’

No description available.

गोरखा गार्डेन होटलमा ४६ वटा रुम छ । अहिले चार हजार देखि ११ हजार सम्मका कोठाहरु छन् । अहिले उद्घाटन वर्ष भएकाले अगामी असार सम्म २५ प्रतिशत छुट दिईने संचालक समिति सदस्य केशब देबकोटाले बताए । यो शुल्कमा ब्रेकफास्ट र स्विमिङ पनि समेटिएको छ । एक सय २५ जना सम्म होटलले सहज रुपमा राख्न सक्ने प्रालीले जनाएको छ ।

No description available.

स्विमिङ पुल भने कोठामा बस्ने पाहुनाको लागि मात्रै प्रयोग हुने म्यानेजर रमेश सापकोटाले बताए । दुई स्विट रुम, १० वटा सुपर डिलक्स रुम र ३४ वटा डिलक्स रुम रहेको छ ।

No description available.
No description available.
No description available.

होटलले बिदेशी पाहुनालाई केन्द्रित गर्ने रणनीति बनाएको छ । ‘चितवन, पोखरा, बन्दिपुर र उत्तरी गोरखा आउने पर्यटकलाई हामी होटल सम्म एक÷दुई रात ल्याउने योजना बनाएका छौँ’ अध्यक्ष पौडेलले भने । होटलले ४० प्रतिशत भने आन्तरिक पर्यटकलाई सेवा दिने लक्ष्य लिएको छ ।

No description available.

२०७३ फागुनदेखि होटलले जग्गा खरिद प्रक्रिया सुरु गरि निर्माण थालेको थियो । ‘कोभिडका कारण हामीले छिटो काम गर्न सकेनौँ’ उनले भने ‘करिब १० करोड लागत डेढ वर्ष निर्माण ढिलो हुँदा थपियो ।’

No description available.

१५ रोपनी क्षेत्रफलमा रहेको होटलमा सुन्दर गार्डेन, आकर्षक कोठा, साना ठुला गरी चारवटा हलहरु रहेको छ । होटलमा गोरखाको पहिचान दिने मनकामना, गोरखानाथ, कालिक, लिगलिगकोट हलहरु छन् ।

No description available.
No description available.
No description available.

चारवटा हलमा एकै पटक छ सय जना सम्म अट्नेछ भने तीन सय जना सम्म अट्ने क्षमताको एउटै हल छ । उक्त हल बिहे, पार्टीका लागि पनि उपयुक्त हुनेछ । गोरखा सदरमुकामको मध्येभागमा पर्ने भएकाले होटलबाट गोरखा बजार र दरौँदी फाँटको दृष्य पनि देख्न सकिन्छ ।

No description available.

बिहिवार होटलमा आयोजित पत्रकार सम्मेलनमा संचालक समितिका सदस्यहरु चिजकुमार मास्के, कमलचन्द्र खनाल, रामचन्द्र गौतम, शिब अर्याल, योङकुमार श्रेष्ठ, रामचन्द्र गौतम, शिब अर्याल, योङकुमार श्रेष्ठ, सित्तलकाजी मास्के, सानुकाजी वन्त, संकर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

No description available.
प्रतिक्रिया दिनुहोस्