
सिरानचोक १ मा भिरसिङमा फुटबल प्रतियोगिता हुने
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा प्रथम भिरसिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । लालिगुराँस युवा क्लवको आयोजनामा पुस १५ गतेदेखि सेभेन ए साईड फुटबल प्रतियोगिता गर्न लागिएको क्लवका पूर्व अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।
बिजेताले ६० हजार नगद सहित टूफी, मेडल प्रमाण पत्र पाउनेछन् । उप(बिजेताले ३० हजार र सान्त्वना २ टिमले १० र १० हजार नगद सहित प्रमाण पत्र, मेडल पाउनेछन् ।
सिरानचोक गाउँपालिका, जिल्ला खेलकुद बिकास समिति, अखिल नेपाल फुटबल संघ (एन्फा), डिएस् कन्स्टूक्सनको सहयोगमा प्रतियोगिता हुन लागेको हो । खुल्ला फुटबल प्रतियोगिता संचालन हुने र समापनसँगै साँझ ल्होसार विषेश कार्यक्रम पनि संचालन गर्ने तयारी रहेको पूर्व अध्यक्ष प्रेम गुरुङले बताए ।




