| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ को विकास निर्माण लगाएत सेवा प्रभावका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका कार्यालयले जनाएको छ

। गाउँपालिका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले गाउँपालिका भित्र भैरेहेको विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, बाटो, बिजुली, ठेक्का–सम्झौंता, सेवा प्रभाव लगाएत अन्य विविध समस्याका विषयमा प्रश्न तथा गुनासोहरु राखेका थिए ।

ती प्रश्न तथा गुनासोहरुको जवाफ गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्