| बिहिबार, असार १०, २०८३

आँबुखैरेनीका गुरुङ समाजहरुले एकै ठाउँमा भेला भई ल्होसार मनाउने

दरौँदी : तनहुँको आँबुखैरेनी गाउँपालिका भित्र रहेका गुरुङ समुदायले तमु ल्होसार भव्य रुपले मनाउने भएका छन् । तमु प्लेंल्हु संघ आँबुखैरेनीका अध्यक्ष पृथ्वी बहादुर गुरुङको अध्यक्षतामा आँबुखैरेनी–३ पानीघट्ट स्थित माई छिम्केश्वरी तमु सुधार समाजको भवनमा सम्पन्न भएको प्रधिनिधिमुलक भेलाले भव्य रुपमा सामुहिक तमु ल्होसार मनाउने निर्णय गरेको हो ।


आँबुखैरेनी–३, शिवालय मन्दिर र गुम्बाको प्राङ्गणमा वडा–१ देखि ६ सम्मका गुरुङ समाजहरु एकै ठाउँमा भेला भई आगामी पुस १५ गते ल्होसार पर्व मनाउने भएको हो ।

भेलामा आँबुखैरेनी ४ र ५ का वडाध्यक्षहरु नेत्र गुरुङ र पन्च बहादुर गुरुङ, माई छिम्केश्वरी तमु सुधार समाजका अध्यक्ष काजिकुमार गुरुङ, आँबुखैरेनी तमु समाजका नेपालसिङ गुरुङ, तमु प्लेंल्हु संघ बरादी, ढकालटार , तिलबारीका अध्यक्ष तथा सचिव लगाएतको उपस्थिति रहेको माई छिम्केश्वरी तमु सुधार समाजका सचीव पृथ्वी बहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्