| सोमवार, कार्तिक २३, २०८३

सबै व्यवसायमा स्वस्थ प्रतिष्पर्धाको खाँचो

‘अस्वस्थ्य प्रतिष्पर्धा’ अहिलेका साना वा ठूला सबै व्यवसाय÷व्यवसायीको चुनौतिको बिषय हो । कमिशनको खेलले सुन व्यवसायदेखि नून व्यवसायसम्म धरासायी छन् ।

सिधा भाषामा भन्नुपर्दा व्यपारी, व्यवसायीले लिने कमिशन ग्राहक(बिचौलिया)लाई दिएर आकर्षित गर्ने परिपाटीले व्यवसायी न आफू फस्टाउँछन्, न प्रतिस्पर्धीलाई फस्टाउने अवसर दिन्छन् ।

यसको अर्थ कमिशन व्यापारीले मात्र लिनुपर्छ, ग्राहकलाई कसेर व्यवहार गर्नुपर्छ भन्ने होइन । व्यापारी, व्यवसायी आफ्नो ठाउँमा रहेर व्यवहार गरेमा दीगो हुन्छ । क्षणिक लाभका लागि कच्चा ब्यबहार गरेमा आफूलाई पनि अरुलाई पनि हानी हुनेछ ।
प्रसंग मोटरसाइकल वर्कसप व्यवसायीको हो ।

प्राय कमैले हेक्का राखेको यो विषय पनि पेचिलो छ । बिग्रिएको मोटरसाइकल(गाडी) बनाउन कतिपय(नयाँ÷अपरिपक्क) व्यवसायीले यति, उतिमा मर्मत गर्छु भनेर घटाघटमा जिम्मा लिन्छन् अर्थात ग्राहक आफूतिर तान्छन् । जब बनाउँदै जान्छन् प्रतिवद्धता गरेभन्दा लागत बढ्छ । त्यसपछि उनीहरुले ग्राहकसित प्रतिवद्धता बदल्न बाध्य हुन्छन् ।

व्यवसायीले बोली फेरेपछि ग्राहक असन्तुष्ट हुन्छ तर टकराब सिर्जना हुन्छ । यदि काम थाल्नुअघि नै सफा चट् कुराकानी भएको भए पछि सम्बन्धमा टकराब पैदा हुदैनथ्यो । सक्ने काम सक्छु भन्ने, नसक्ने काम सक्दिन भन्ने हो भने ग्राहकले पनि अनपेक्षित दुख पाउँदैनन् ।

यसको कारण हो व्यवसायीहरुको कच्चा(अपरिपक्वपन) । परिपक्क व्यवसायीहरु कतिसम्म गिरेर कारोबार गर्ने भन्ने बारे अभ्यस्त हुन्छन् । दोहोरो कुरा गर्नुपर्दैन तर कच्चा व्यवसायीहरु क्षणिक लाभका लागि कच्चा कुरा गर्छन्, कच्चा ब्यबहार गर्छन् । यसको मार उनीहरुमा पनि पर्छ, अरुमा पनि पर्छ ।

लगायत अन्य विभिन्न समस्यासँग सामुहिक रुपमा जुध्न मोटरसाइकल ब्यबसायीहरुको संगठनको खाँचो छ । संगठनले सुख, दुखमा साथ दिन्छ । व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गर्छ ।

प्रतिक्रिया दिनुहोस्