| सोमवार, कार्तिक २३, २०८३

गोरखा उद्योग वाणिज्य संघको अधिवेशन पुस १० र ११ गते हुने

स्थगित हुँदै आएको गोरखा उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फेरि तोकिएको छ । ४६ औं साधारण सभा एवं १६ औं अधिवेशनका लागि संघले कार्यतालिका सार्वजनिक गरेको हो ।

पुस १० र ११ गते अधिवेशन गर्ने गरी संघले कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पुस १० गते अधिवेशनको उद्घाटनका साथै बन्द सत्र सन्चालन हुने छ ।

११ गते निर्वाचन हुने कार्यतालिका रहेको संघले जनाएको छ । जसमा ६ पदाधिकारी, १ महिला सहित ८ जना सदस्य १ जना बस्तुगत सदस्यको निर्वाचन हुनेछ । संघको बिधानमा १ महिला उद्यमी अध्यक्ष र ८ वटा गाउँपालिका स्तरीय उवासंघको ईकाई अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको छ ।

त्यस्तै, संघको साधारण सभा तथा अधिवेशन तयारी सुरु भइसकेकाले यथासक्य छिटो आफ्नो सदस्यता नविकरण गरी साधारण सभा तथा अधिवेशनमा सहभागी हुन सवै सदस्यहरुलाई संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्