| सोमवार, कार्तिक २३, २०८३

बारपाक सडक ‘गफैमात्र’

नेपालका नेताहरु काम भन्दा धेरै ‘गफ’ गर्छन् भन्ने कुरा अब नौलो रहेन । बालबालिकाले पनि नेपालका नेताहरु ‘गफाडी’ भनेर बुझ्ने भइसकेका छन् ।

यसकारण नेपालका नयाँ पुस्ता राजनीतिप्रति वितृष्णित छन् भन्ने बारे नेपालका नेता पनि बुझ्ने भइसकेका छन् ।
भूकम्पपछि बारपाक को पुगेनन् ? राष्टूपति, प्रधानमन्त्री(धेरै), मन्त्री (हरु), सचिव(हरु), सांसद(हरु), शासक, प्रशासक(हरु), नेता, विद्÷विज्ञ, विशेषज्ञ(हरु), अध्ययन÷अनुसन्धाता(हरु), समाजसेवी, दातृनिकाय, सर्वसाधारण अवलोकनकर्ताहरु सबै पुगे ।
भूकम्पले थिलोथिलो भएका बेला यत्तिका मान्छेको घुइँचोले कतिपय अबस्थामा कतिपय पिडितलाई राहत भन्दा आहत समेत पुगेको थियो ।
विशेष देश हाँक्नेहरु त्यहाँ पुग्दा स्थानीयको आशा, अभिलाशा बढ्नु अस्वभाविक भएन त्यसमाथि पनि प्रधानमन्त्री स्वयंले अबको दुई बर्षभित्र बारपाक कालोपत्रे सडकले जोडिनेछ भनेर भाषण गर्दा स्थानीय उत्साहित भए ।

यसरी भाषण गरेको छ बर्ष बितेको छ तर अहिलेसम्म बारपाक कालोपत्रे सडकले जोडिएको छैन । एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयका अनुसार सो सडकको अहिलेसम्म जम्मा ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सुख, दुखका बेला स्थानीयबासीलाई साथ दिनुपर्छ त्यसमा अन्यथा होइन । झन दुख परेका बेला ठूला ओहोदाका व्यक्तित्व त्यहाँ पुगेर साथ दिनु, सहयोगको आश्वास दिनु झन सुख र खुशीको कुरा हो । तर जुन काम गर्न सकिन्छ, त्यो मात्र बोल्नुपर्छ अर्थात जे बोलिन्छ, त्यो काम पूरा गर्नुपर्छ अन्यथा पीडितलाई पीडामाथि झन पीडा हुन्छ । आशा नगरेको कुराको आशा देखाएपछि आशावादी बनेकालाई निराश बनाउनु झन पीडाको कुरा हुन्छ ।

‘सेण्टिमेण्ट हेरेर सेण्टिमेण्टल भाषण गर्ने’ हाम्रा शासकको साझा कमजोरी हो । यो वा त्यो पार्टी होइन, यो वा त्यो नेता होइन, सबैको अबस्था यस्तै छ, जुन सुध्रिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्