| बिहिबार, बैशाख ३०, २०८३

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

स्वास्थ्य जिबनशैली हाम्रो आवश्यकता संकट न्यूनिकरणमा महिला सामुदायिक स्वयंसेविका भन्ने नारा सहित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिबस मनाईएको छ ।

गोरखा नगरपालिका भित्र कार्यरत स्वयंसेविकाहरुलाई कोरोना संक्रमणको बेला राम्रो काम गरेको भन्दै सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिका भित्र अहिले ६३ जना स्वयंसेविका कार्यरत रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । ‘उहाँहरुले जोखिमका बेला पनि निरन्तर आफ्नो काम राम्रो सँग गर्नुभएकाले दोसल्ला ओढाएर सम्मान गरेका हौँ’ उनले भने ।

सहभागीहरुले काम गरेको दिनको दैनिक पारिश्रमिक चार सय रुपैयाँ मात्रै भएकाले त्यो बढाउनुपर्ने माग गरेका छन् । धेरै वर्ष काम गरेकालाई पुर्नताजगी र नयाँ स्वयसेविकालाई आधारभुत तालिमको ब्यवस्था गरिदिनु पनि उनीहरुले अनुरोध गरे ।

महिला स्वास्थ्य स्वयंसेविकाको आकस्मिक उपचारका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदा सहज हुने स्वयंसेविकाहरुको भनाई थियो ।

गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संस्थाको तर्फबाट अमृता श्रेष्ठले धारणा राखेकी थिईन । स्वयंसेविकाहरुले गित र कबिता मार्फत चेतनामुलक स्वास्थ्य सन्देश दिने खालका प्रस्तुती सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्