| सोमवार, कार्तिक २३, २०८३

राजेन्द्र पराजुलीद्वारा दरबार माविमा इन्टरनेट सेवा प्रदान

समाजसेवी राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिका ८ स्थित दरबार माविमा इन्टरनेट सेवा प्रदान गरेका छन् ।

विद्यालयलाई सूचना सञ्चार क्षेत्रसित जोड्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो गाउँका विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको उनले बताएका छन् ।

सुविसु कम्पनीको इन्टरनेट एकबर्षसम्मको रिचार्ज बिल अग्रिम भुक्तानी गरेका विद्यालयका प्रधानाध्यापक गोविन्द भट्टले जानकारी दिए । इन्टरनेट सेवा जोड्न पाएपछि शिक्षक, विद्यार्थीका लागि शैक्षिक गतिविधि प्रभावकारी हुने उनले विश्वास ब्यक्त गरे ।

यसअघि उनले भीमोदय मावि आरुघाटमा तीनलाख ११ हजार एकसय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्