गोरखा अस्पतालको सबालमा संवेदनशील बनौँ
३७ करोड रुपैयाँको लागतमा गोरखा अस्पतालको सुविधा सम्पन्न भवन ठडिईसक्यो । अस्पताल झट्ट देख्दा जो कोहीलाई पनि त्यहाँबाट सबैखाले स्वास्थ्य उपचार सेवा उपलब्ध हुन्छ होला भन्ने लाग्छ । सबै त परको कुरा गोरखा बजारकै ठुलो देखिने अस्पताल भबनले निर्माण सम्पन्न भएको लामो समय सम्म आधारभुत सेवा पनि सुरु गर्न सकेको छैन । कारण : भबन हस्तान्तरण नहुनु ।
पहिलो कुरा भबन तत्काल अस्पतालले लिनुपर्छ । अहिले डाक्टरहरुको आबास गृहबाट दिईरहेको सेवा अस्पताल भबनबाट दिनुपर्छ । हस्तान्तरणका बिभिन्न चरण र प्रक्रिया होलान् तर अस्पताल जस्तो संवेदनशील ठाउँको भबन निर्माण सकिएलगत्तै सेवा दिन मिल्ने हुनुपर्छ । यसका लागि प्रशासन र जिल्ला समन्वय समिति, अस्पतालले प्रदेश र संघिय सरकार, मातहतका मन्त्रालयले सँग पनि दरिलो पहल गरेको देखिँदैन । दोस्रो समस्या अस्पताल त बन्यो जनशक्ति छैन ।
पहिले साँघुरो गरी अस्पतालले सेवा दिँदा पनि जनशक्ति थिए । तर अहिले किन भएनन् । यसको लेखाजोखा अस्पताल बिकास समितिले गर्नुपर्छ । के समितिले जनशक्ति ल्याउन सक्दैन ? पहल पुगेन कि? अन्य प्राविधिक समस्या के छ त्यसको बारेमा जिल्लाका सरोकारवाला सँग परामर्श छलफल खै ? अस्पताल बिकास समितिले जनशक्ति ल्याउन के–के पहल कहाँ, कहाँ ग¥यो । आफ्नो भुमिका निर्वाहमा अस्पताल प्रशासन, समिति, सरोकारवालाहरु सबै चुकेका छन् ।
गोरखा अस्पतालमा चार जना मेडिकल अफिसरको दरबन्दी छ । तर अहिले मेसुसहित जम्मा दुईजना मात्र कार्यरत छन् । अस्पतालमा बिगत तीनबर्षदेखि प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पनि छैनन् । किन गोरखा अस्पतालमा दरबन्दी, चिकित्सक, उपकरणको समस्या भईरहन्छ । गोरखा जस्तै अन्य छिमेकी जिल्लामा चलेको अस्पतालमा त यी समस्या देखिँदैन ।
यसबारे गोरखाका नागरिक समाज, राजनीतिक दल लगायत आम नागरिकले सरोकार राख्नुपर्ने बेला आएको छ । अन्यथा जति ठुला भबन ठडिए पनि, जनशिक्त भएपनि इच्छाशक्ति भएन भने अस्पतालको गेट हुँदै कयौँ बिरामी चितवन र काठमाण्डौँ रिफर हुने क्रम रोकिँदैन ।




