| सोमवार, कार्तिक २३, २०८३

स्पोन्सरसीप सेवाबाट धार्चेका एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित

धार्चे गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत एक हजार भन्दा बढी बालबालिका स्पोरन्सरसीप सेवाबाट लाभान्वित हुने भएका छन् । गाउँपालिका भित्रका वडा नं ५, ६ र ७ का प्राथमिक तहमा अध्ययनरत बालबालिका स्पोरन्सरसीप सेवाबाट लाभान्वित हुने भएका हुन् ।

स्पोन्सरसीप कार्यक्रम वडा नं ७ लापुमा सन् २०१४ देखि सन्चालनमा थियो भने वडा नं ५ गुम्दामा गत वर्षबाट सञ्चालनमा आएको हो । यो वर्षबाट वडा नं. ६ काशीगाउँमा थप ५३२ जना विद्यार्थीहरु सो सेवाबाट लाभान्वित हुने गुड नेवर्स इन्टरनेशनल नेपाल गोरखाका जिल्ला संयोजक मनकुमार राईले बताए ।

No description available.


स्पोन्सरसीप सेवाका लागि छनौट भएका विद्यार्थीहरुले हरेक वर्ष शैक्षिक सामाग्री पाउने छन् । राईका अनुसार काशीगाउँका ३३८ जना, गुम्दाका ५३२ जना र लापुका १७६ जना विद्यार्थी स्पोन्सरसीप सेवामा छनौट भएका छन् । ‘बालबालिकाहरुको पारिवारिक अवस्थाको सर्वेक्षेण गर्दा आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका बालबालिकाहरुलाई प्राथमिकता दिएर छनौट गरिएको हो,’ राईले भने, ‘छनौट भएका विद्यार्थीहरुलाई वार्षिक रुपमा शैक्षिक सामाग्री सहयोग गर्नुका साथै स्वास्थ्य संस्थासँगको समन्वयमा उनीहरुको नियमित रुपमा स्वास्थ्य जाँच लगायका आवश्यक सहयोग गर्दै आइरहेको छ ।’

गाउँपालिकाको तर्पmबाट ५ सय र संस्थाको तर्पmबाट ५ सय ७६ गरी एक हजार ७६ विद्यार्थीहरुलाई पाँचबर्षसम्म शैक्षिक सामग्री, स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए । धार्चे गाउँपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको हो । जसलाई पद्धति विकास सेवा केन्द्र गोरखाले कार्यन्वयन गर्दै आएको छ ।

वालवालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि, स्वास्थ्य, अधिकार सुनिश्चित, परिवारको आयआर्जन, विद्यालयको भौतिक अवस्था सुधार गर्न एकीकृत विकास प्रणालीबाट कार्यक्रम संचालन भइरहेको संस्थाका जिल्ला संयोजक राई बताउँछन् ।

‘अहिले सम्म धार्चेका तीन वटा वडामा कार्यक्रम सुरु भएको छ, आगामि दिनमा धार्चेका सबै वडामा यो कार्यक्रम संचालन गर्ने योजना बनाएका छौ,’ उनले भने । यो कार्यक्रममा समेटिएका बालबालिकाका अभिभावकहरुलाई आयआर्जन कार्यक्रम संचालन गर्ने, बाल अधिकार सुनिश्चितताका लागि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई आवश्यक भौतिक स्रोतसाधन उपलब्ध गराउने सँस्थाले जनाएको छ ।

No description available.

स्थानीय तह र विकास साझेदारी सँस्थाको उद्देश्य समुदायको दिगो रुपान्तरण भएकाले सोही उद्देश्य प्राप्त गर्नका लागि प्रभावकारी रुपमा स्थानीय तह र पालिका समन्वय र साझेदारी गरेर अगाडि बढ्नपर्नेमा उनले जोड दिएका छन् । माछाखोलाको जनजागृति माविमा अध्ययनरत ३१८ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्