| सोमवार, कार्तिक २३, २०८३

गोरखामा घरेलु हिंसाका अधिकांश घटना ‘मिलापत्र’

केशव गुरुङ

गोरखामा अधिकाश घरेलु हिसा मिलापत्रमै सिमित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा चालु आर्थिक वर्षको चार महिनामा हिंसाका ४१ वटा उजुरी दर्ता भएका छन् । ति मध्य १९ वटा उजुरी मिलापत्र गरेका छन् भने १६ वटा उजुरी अन्य निकायमा पठाएको र ६ वटा उजुरीको फछौट हुन बाँकी रहेको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७७÷०७८ मा एक सय १३ वटा उजुरी दर्ता भएकोमा ७६ वटा उजुरीको मिलापत्र गरिएको उनले बताए । ४१ वटाउजुरी अन्य निकायमा पठाएको र ५ वटा उजुरीे पर्छौट हुन वाँकी छ । त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ एक सय १६ वटा उजुरी दर्ता भएका छन् । ति मध्य ८० उजुरी मिलापत्र, ४५ वटा उजुरी अन्य निकायमा पठाएको र एउटा उजुरी फर्छौट गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ताको व्रmम बढ्दै गएको हो । अशिक्षा, परम्परागत रुढीवादी सोच एवं कुसस्कारका कारण घरेलु हिंसा बढ्ने गरेको कार्यालयले जनाएको छ ।

घरेलु हिंसाहरु धेरै गुपपचुप राख्नु, लैङगिक हिंसाका घटनाहरुको रिपोर्ट नआउनु, महिला हिंसा महिलाले नै आफ्नो नियतिको रुपमा स्विकार गर्नु, महिलालाई स्रोत, साधन, सम्पति तथा अवसर पहुँच नहुनाले हिंसा जन्य घटना बढ्ने गरेको डिएसपी दाहालले बताए ।

पारिवारिक, सामाजिक तथा आर्थिक लगायका कारणहरुबाट हिंसामा परी सम्बन्धित निकायमा गएका महिलाहरुले मेलमिलापलाई नै अन्तिम विकल्पको रुपमा स्वीकार्न बाध्य पारिदा उनीहरुले पटक पटक घरेलु हिंसा सहनु परेको उनले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा बहुविवाह, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योगको र बाल यौन दुरुपयोग सम्बन्धी एक÷एक वटा मुद्धा परेको डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार गत वर्ष २०७७÷७८ मा बहुविवाह सम्बन्धी ९, जबरजस्ती करणीमा १७, जबरजस्ती करणी उद्योग शिर्षकमा ९ र बाल यौन दुरुपयोग सम्बन्धी शिर्षकमा २ जना विरुद्ध मुद्धा परेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा बहविवाह शिर्षकमा १३, जबरजस्ती करणी शिर्षकमा १३, जबरजस्ती करणी उद्योग शिर्षकमा ५ र बाल यौन दुरुपयोग शिर्षकमा ३ वटा मुद्धा परेको उनले बताए । विगत तीन वर्षमा बोक्सी आरोप सम्बन्धी कुनै मुद्धा नपरेको समेन उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्